कोरोना भाइरस नेपालः कोभिड-१९ को प्रकोप बढ्न थालेपछि पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह र घाटमा चाप

Published

नेपालमा कोभिड-१९ पुष्टि हुने र कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने सङ्ख्या बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कमा सर्वाधिक दैनिक सङ्क्रमण र मृत्यु भएको विवरण छ।

कोभिड-१९ का कारण मृत्यु भएका आफन्तको पार्थिव शरीरलाई टाढाबाटै नमस्कार गर्दै एक आफन्त
तस्बिरको क्याप्शन, कोभिड-१९ का कारण मृत्यु भएका आफन्तको पार्थिव शरीरलाई टाढाबाटै नमस्कार गर्दै एक आफन्त
कोभिड-१९ का कारण मृत्यु भएका आफन्तको पार्थिव शरीरलाई टाढाबाटै नमस्कार गर्दै एक आफन्त

काठमाण्डू उपत्यकाका सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दा शव व्यवस्थापन र अन्तिम संस्कारको काम चुनौतीपूर्ण बन्ने देखिएको छ।

कोभिड-१९ का कारण मृत्यु भएका आफन्तको पार्थिव शरीरलाई टाढाबाटै नमस्कार गर्दै एक आफन्त

पहिला कोभिड-१९ भएर मृत्यु भएका व्यक्तिको पार्थिव शरीरलाई विद्युतीय शवदाहगृहमा जलाइने गरेकोमा यो सातादेखि वाग्मती नदीको किनारमा चिता बनाएर परम्परागत रूपमा जलाउन थालिएको छ।

वाग्मती नदीको किनारमा चिता बनाएर अन्तिम संस्कार गरिँदै
चिता बनाउन दाउरा ओसार्दै

पशुपति क्षेत्र विकास कोषका अनुसार शवदाहगृहमा भएका तीन वटामध्ये दुइटा उपकरण मात्र अहिले प्रयोगमा छन्।

तेस्रो उपकरणको मर्मत हुँदै गरेको र चौथो जडान गर्ने योजना भएको बताइएको छ।

वाग्मती नदीको किनारमा चिता बनाएर अन्तिम संस्कार गरिँदै
पशुपति क्षेत्रमा अन्तिम संस्कार गरिँदै
तस्बिरको क्याप्शन, शवदाहगृहले चाप धान्न नसकेपछि वाग्मती नदीको किनारमा चिता बनाएर अन्तिम संस्कार गर्न थालिएको छ

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपति क्षेत्रमा सोमवार ३७ वटा, आइतवार २६ वटा, शनिवार २३ वटा र शुक्रवार १६ वटा शवको अन्तिम संस्कार गरिएको थियो।

कोभिड मृतकको अन्तिम संस्कारको कामका लागि जनशक्ति बढाइएको कोषले जनाएको छ।

गत वर्षदेखि नै कोभिड-१९ का कारण मृत्यु हुँदा शव व्यवस्थापन गर्न नेपाली सेना देशभरि नै परिचालित छ।

वाग्मती नदीको किनारमा चिता बनाएर अन्तिम संस्कार गरिँदै

विद्युतीय शवदाहगृह र वाग्मती नदीको किनारमा गरेर दैनिक १०० वटासम्म शव जलाउन सकिने कोषका सदस्यसचिव प्रदीप ढकालले बताएका छन्।

वाग्मती नदीको किनारमा चिता बनाएर अन्तिम संस्कार गरिँदै
पशुपतिस्थित घाटमा चिता बनाउँदै एक कर्मचारी
तस्बिरको क्याप्शन, शवका लागि चिता बनाउँदै एक कर्मचारी
शववाहनका कर्मचारी
तस्बिरको क्याप्शन, कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव पशुपति क्षेत्रस्थित शवदाहगृहमा पुर्‍याएर फर्किँदै शववाहनका एक चालक

सबै तस्बिरको सर्वाधिकार सुरक्षित।