कोरोना भाइरस भारतः महामारीले निम्त्याएको दुरवस्था चित्रण गर्ने केही तस्बिर

पीपीई लगाएका स्वास्थ्यकर्मीहरूको एउटा एकआपसलाई अङ्कमाल गर्दै
Published

भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेकाले राजधानी दिल्ली र देशका अन्य स्थानका अस्पतालहरूमा बिरामीको चाप बढेको छ। बिरामी राख्ने शय्या र मेडिकल अक्सिजनको चरम अभाव भएकाले अस्पतालहरूले भर्ना गर्न पनि सकिरहेका छैनन्।

शय्या पाइहालिएको अवस्थामा पनि अक्सिजन दिने उपकरण जडित एम्बुलेन्सको अभावका कारण बिरामीलाई अस्पताल लैजान समस्या पर्न थालेको छ।

दिल्लीमा कृत्रिम अक्सिजन नपाएर बिरामीहरू मर्न थालेका छन्। त्यहाँको अवस्था निकै गम्भीर देखिएको छ।

धेरै अस्पतालहरू भरिएका र स्वास्थ्यकर्मीहरू थाकेकाले बिरामीहरूलाई भर्ना लिन नसक्ने अवस्थामा छन्।

रुँदै एक महिला
तस्बिरको क्याप्शन, भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको र मानिसहरू गम्भीर बिरामी पर्न थालेकाले सर्वसाधारणमा शोक र चिन्ता फैलिएको छ
ट्याम्पोमा बसेर उपचार कुर्दै एक महिला
तस्बिरको क्याप्शन, दिल्लीमा भएका अस्पताल र स्वास्थ्योपचार केन्द्रहरूलाई भारतमा राम्रो मनिन्छ। तर तिनका सघन उपचार कक्षमा उपलब्ध शय्याहरू लगभग पूरै भरिएका छन्
दिल्लीमा एक बिरामी
तस्बिरको क्याप्शन, अक्सिजनको आपूर्ति मागअनुसार नभएकाले धेरै बिरामीहरू अस्पतालमा भर्ना हुन पाएका छैनन्

अन्तिम संस्कार गर्न पनि कठिन

शवदाहगृह र समाधिस्थलहरूमा खिचिएका तस्बिरले महामारी कति घातक छ भन्ने चित्रण गर्छन्।

कोभिडका कारण ज्यान गुमाउने मानिसका शोकाकुल परिवारले अन्तिम संस्कारका लागि घण्टौँ पालो कुर्नुपरेको छ।

मृतकको सङ्ख्या बढेकाले सामूहिक अन्तिम संस्कार गर्ने क्रम पनि बढेको छ।

दिल्ली शवदाहगृह
तस्बिरको क्याप्शन, दिल्लीस्थित शवदाहगृहमा ठाउँ नपुगेर सामूहिक दाहसंस्कार गर्न थालिएको छ

विभिन्न सहरमा मृत्यु भएका मानिसको सरकारी तथ्याङ्कलाई स्थानीय पत्रकारले चुनौती दिएका छन्।

उनीहरूका अनुसार केही स्थानमा मृतकको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा १० गुना भएको आकलन गरिएको छ।

सुरत सहरमा बिनाविश्राम सञ्चालित एउटा शवदाहगृहको चिम्नी पग्लिन थालेको गत साता बीबीसी गुजरातीले जनाएको थियो।

मुम्बई कोभिड
तस्बिरको क्याप्शन, मुम्बईमा आफन्तको अन्तिम संस्कार गर्नुअघि पीपीई लगाएका एक व्यक्ति आराम गर्दै
दिल्ली शवदाहगृह
तस्बिरको क्याप्शन, दिल्लीमा आफ्ना नातेदारको दाहसंस्कारको तयारी हुँदै गर्दा एक व्यक्ति शोकाकुल मुद्रामा
दिल्ली शवदाहगृह
तस्बिरको क्याप्शन, कोभिड-१९ का कारण मृत्यु भएका एक बिरामीको अन्तिम संस्कारको तयारी हुँदै गर्दा
लखनऊ घाट
तस्बिरको क्याप्शन, लखनऊमा एउटा मसानघाटमा जलिरहेका चिता। उत्तर प्रदेश राज्यको राजधानी पनि नराम्ररी प्रभावित भएको छ
मुम्बई कोभिड
तस्बिरको क्याप्शन, मुम्बईको एउटा घाटमा कोभिडका कारण मृत्यु भएका व्यक्तिहरूको अन्तिम संस्कार गर्दै आफन्त र महानगर निगमका कर्मचारीहरू

सबै तस्बिरको सर्वाधिकार सुरक्षित