म्यान्मार सैन्य शासनः स्थिति 'नियन्त्रणबाहिर जान सक्ने, अहिलेसम्म ४३ बालबालिकाको हत्या'

म्यान्मार
Published

म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र 'नियन्त्रणबाहिर' जान सक्ने खतरा औँल्याएका छन्।

सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रु कर्कवूडले बीबीसीलाई बताए।

उनका अनुसार म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन्।

तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निसानेबाजहरूलाई परिचालन गरिएको कर्कवुडले बताएका छन्।

सेभ द चिल्ड्रेनका अनुसार गत माघ १९ पछि सरकारी सुरक्षाकर्मीको कारबाहीमा परेर कम्तीमा ४३ बालबालिका मारिएका छन्।

त्यहाँको अवस्थालाई "दुःस्वप्न" जस्तो भन्दै उक्त अधिकारवादी संस्थाले छवर्षे बच्चा पनि सेनाद्वारा मारिएको बताएको छ।

एउटा स्थानीय पर्यवेक्षण समूहले देशभरि अहिलेसम्म ५३६ जनाको मृत्यु भएको तथ्याङ्क दिएको छ।

सेनाको कडा निन्दा

शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌ले कडा शब्दमा निन्दा गरेको छ।

म्यान्डले
तस्बिरको क्याप्शन, एक किशोरको अन्तिम संस्कारमा शोकाकुल आफन्तहरू

एक दिनअघि परिषद्‌को एउटा आपत्कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो।

सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए।

अघिल्लो शनिवार एकै दिन १०० जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो।

सू चीविरुद्ध गम्भीर अभियोग

सबैभन्दा कान्छो पीडितको उमेर ६ वर्ष रहेको पाइएको उक्त संस्थाले उल्लेख गरेको छ।

म्यान्डले विरोध प्रदर्शन
तस्बिरको क्याप्शन, सबैभन्दा कान्छा मृतक ६ वर्षको भएको सेभ द चिल्ड्रेनले जनाएको छ

यसैबीच, नेत्री आङ सान सू चीविरुद्ध देशको गोपनीयतासम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको पाइएको छ।

सू चीसहित उनका चारजना सहयोगीमाथि गत साता नै अभियोग लगाइए पनि १४ वर्षसम्म जेलसजाय हुन सक्ने अभियोग पनि लगाइएको कुरा अहिले थाहा भएको हो।

निर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यान्मारमा सैन्य सरकारले सू चीविरुद्ध कसरी मुद्दा चलाउँदैछ