मङ्गल ग्रह: नासाको पर्सिभिअरन्स रोभरले पठाएका मनमोहक तस्बिरहरू

नासा
Published

नासाको पर्सिभिअरन्स रोभर पृथ्वीबाट सात महिना यात्रा गरेर मङ्गल ग्रहमा १८ फेब्रुअरीका दिन जीएमटी २०:५५ मा अवतरण गरेको थियो।

त्यसयता अवतरण गरेको स्थान जेजेरो क्रेटरबाट उक्त रोभरले कैयौँ अद्‌भुत तस्बिरहरू पठाएको छ।

विगतमा मङ्गल ग्रहमा रहेको ठानिएको सूक्ष्मजीवाणुको जीवाशेष खोजी गर्ने क्रममा पर्सिभिअरन्सले पठाएका तस्बिरबाट छानिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ जसले मङ्गल ग्रहको भूगर्भ, पूर्वमौसम र मङ्गल ग्रहको चट्टान देखाउँछन्।

१९ फेब्रुअरीमा खिचिएको नासाको रिकनियसन्स् अर्बिटरमा रहेको क्यामेराले खिचेको क्यामेराले खिचेको पर्सिभिअरन्स रोभरको पहिलो तस्बिर
तस्बिरको क्याप्शन, नासाको रिकनियसन्स् अर्बिटरमा रहेको क्यामेराले खिचेको क्यामेराले खिचेको पर्सिभिअरन्स रोभरको पहिलो तस्बिर।
1px transparent line
रोभर अवतरण गरिसकेपछि क्यामेराहरूले खिचेको रोभरको तलपट्टिको भूभागको पहिलो रङ्गीन तस्बिर
तस्बिरको क्याप्शन, रोभर अवतरण गरिसकेपछि क्यामेराहरूले खिचेको रोभरको तलपट्टिको भूभागको पहिलो रङ्गीन तस्बिर।
1px transparent line
पर्सिभिअरन्स अवतरण गरेको ६ दिनपछि टाढाबाट खिचिएको तस्बिर।
तस्बिरको क्याप्शन, पर्सिभिअरन्स अवतरण गरेको ६ दिनपछि टाढाबाट खिचिएको तस्बिर।
१ मार्चमा खिचिएको तस्बिर
तस्बिरको क्याप्शन, पर्सिभिअरन्स्मा अत्याधुनिक वैज्ञानिक उपकरणहरू जडिएका छन्। ती उपकरणले त्यहाँको भौगर्भिक बनोट, वायुमण्डल र वातावरणीय स्थितिबारे सूचना सङ्कलन गर्नेछ। यो तस्बिर खिच्ने क्यामरा रोभरको माथिल्लो भागमा जडिएको छ।
1px transparent line
नासाको पर्सिभिअरन्स डेक
तस्बिरको क्याप्शन, रोभरको एक भाग जहाँ जडेको उपकरण मङ्गलमा रहेका रासायनिक तत्त्व पत्ता लगाउन प्रयोग गरिनेछ।
1px transparent line
१ मार्चमा खिचिएको एक तस्बिर
तस्बिरको क्याप्शन, यसमा एउटा क्यामेरा पनि जडित छ जसले चट्टान र माटोको तस्बिर नजिकबाट खिच्नेछ।
1px transparent line
प्यानोरामा तस्बिर
तस्बिरको क्याप्शन, यो रोभरमा जडेको जूम गर्न मिल्ने क्यामेराले खिचेको पहिलो ३६० डीग्री प्यानोरामा तस्बिर हो। यो तस्बिर पृथ्वीमा आइपुगेका १४२ तस्बिर जोडेर बनाइएको हो।
मास्टक्याम जेड क्यामेरा प्रयोग गरेर खिचिएको मङ्गलको सतहको तस्बिर
तस्बिरको क्याप्शन, 'हार्बर सील' नाम दिइएको चट्टान। हावाले खियाउँदै लगेको चट्टानको तस्बिरले क्यामेरा प्रणालीले कति मिहिन विवरण आउने गरी फोटो खिच्दो रहेछ भन्ने देखाउँछ।
1px transparent line
माथिबाट खिचिएको जेजेरो क्रेटरको तस्बिर
तस्बिरको क्याप्शन, माथिबाट खिचिएको जेजेरो क्रेटरको तस्बिर।
मा्स्टक्याम जेड क्यामेरा प्रयोग गरेर खिचिएको मङ्गल ग्रहको सतह
तस्बिरको क्याप्शन, यो तस्बिर मास्टक्याम जेडको 'बायाँ आँखा'ले खिचेको हो। दायाँ र बायाँ क्यामेराहरू एकअर्काबाट नजिकै छन् र दुवैले मानव आँखाले जसरी हेर्छ त्यसैगरी हेरेर तस्बिर खिच्ने गरी मिलाइएको छ।
1px transparent line
मास्टक्याम जेड क्यामेरा प्रयोग गरेर खिचिएको मङ्गलको सतह
तस्बिरको क्याप्शन, केही दिनअघि उही क्यामेरा प्रयोग गरेर खिचिएको फोटो। यो क्यामेरालाई धेरै दर्शकले रोजेपछि पर्सिभिअरन्स् रोभर मिसन अवतरण भएका बखत साताको सबैभन्दा मन पराइएको फोटो बनेको थियो।
1px transparent line
मङ्गलको सतहमा देखिएको जमिनको सतहको तह
तस्बिरको क्याप्शन, यो तस्बिरमा मास्टक्याम-जेडको 'दायाँ आँखाले' जूम इन गरेर जेजेरोको एउटा सतह हेरिएको छ। प्राचीन जीवाशेषको सम्भाव्यता अध्ययनका लागि यसमा भएको थिग्र्यानको अध्ययन पनि पर्सिभिअरन्स रोभरको एउटा लक्ष्य रहेको छ।
1px transparent line
पर्सिभिअरन्स अवतरण गरिरहेका बेलाको तस्बिर
तस्बिरको क्याप्शन, रोभर अवतरण गर्न मङ्गलको सतहमा झरिरहेका बेला खिचिएका तस्बिर नै सबैभन्दा पहिले पठाइएका तस्बिरहरू थिए। यहाँ पर्सिभिअरन्स रोभरलाई तीनवटा नाइलनका डोरीको सहायतामा तल झारिँदैछ।
1px transparent line
अवतरणका बेला प्याराशुटबाट खिचिएको फोटो
तस्बिरको क्याप्शन, यो तस्बिर पनि अवतरणका बेला खिचिएको हो। यसबेला रोभर मङ्गल सतहबाट ११ किलोमिटरको उचाइमा थियो र यतिबेला तल झर्ने गति धीमा बनाउन सुपरसोनिक प्याराशुट क्रियान्वित गरिएको थियो ।
1px transparent line
रोभर अवतरण गर्नु अन्तिम समयतिर रोभरले फ्याँकेको हावाले उडाएको धुलो।
तस्बिरको क्याप्शन, रोभर अवतरण गर्नु अन्तिम समयतिर रोभरले फ्याँकेको हावाले उडाएको धुलो।
1px transparent line
नासाको रोभर पर्सिभिअरन्सको ठीक मुनि रहेको मङ्गलको सतह
तस्बिरको क्याप्शन, अवतरणका लागि तल झर्दै गर्दा देखिएको जेजेरो क्रेटर। यो तस्बिरको मध्य बायाँतर्फ अवतरण गरेको थियो। दायाँतर्फ भएको उठेको भाग प्राचीन समयमा बग्दै आएको नदीले काटेको भूभाग मानिन्छ। यो ठाउँबाट रोभरले माटो र चट्टान निकालेर ट्यूबहरूमा भर्नेछ जुन भविष्यमा पृथ्वीमा ल्याउने योजना छ।
1px transparent line

पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहमा एक मङ्गल वर्ष अर्थात् दुई पृथ्वी वर्ष काम गर्नका लागि बजेट उपलब्ध छ।