मङ्गल ग्रह: रातो ग्रहका ज्वालामुखी र घाटीहरूका तस्बिर खिच्ने क्यामेराले कसरी काम गर्छ? त्यसले कस्ता तस्बिर खिचेको छ?

नाम नदिइएको मार्थ भ्यालिस क्षेत्रस्थित एक ज्वालामुखी
तस्बिरको क्याप्शन, क्यासिसले मङ्गलको मार्थ भ्यालिस क्षेत्रस्थित यहाँ देखाइएको ज्वालामुखी लगायतका तस्बिर खिचेर पठाएको छ
Published

अहिले मङ्गल ग्रहमा व्यस्तताको समय छ।

यो महिना रातो ग्रह नयाँ वर्षमा प्रवेश गरेको छ।

पृथ्वी र मङ्गल ग्रहको घुम्ने गतिमा रहेको फरकपनका कारण यी दुई ग्रहबीचको दूरी निरन्तर परिवर्तन भइरहन्छ।

त्यसैले मङ्गल ग्रह सम्बन्धी कुनै लक्ष्य शुरू गर्न हरेक २६ महिनामा एकपटक मात्र सम्भव हुन्छ।

त्यसबेला यी दुई ग्रहहरू एकअर्काको नजिक आइपुगेका हुन्छन्।

कैयौँले नासाको पर्सिभेरेन्स रोभर- जुन अहिलेसम्म मङ्गल ग्रहमा पठाइएको सबभन्दा जटिल प्रविधियुक्त यान हो- १८ फेब्रुअरीमा त्यहाँ अवतरण गर्ला भन्ने आशा गरिरहेका छन्।

सन् २०१६ मा पठाइएको एउटा उपकरण 'कलर एन्ड स्टेरियो सर्फेस इमेजिङ सिस्टम (क्यासिस)'को सहायतामा यो ग्रहको सतहबारे वैज्ञानिकहरूले विभिन्न जानकारी पाइरहेका छन्।

यो क्यामेरा युरोपेली अन्तरिक्ष निकाय इसाको एक्जोमार्स ट्रेस ग्यास अर्बिटरसँग यात्रा गरिरहेको छ।

यसले मङ्गलको वायुमण्डलमा रहेको मिथेन र अरू दुर्लभ ग्यासहरूको अध्ययन गरिरहेको छ।

यो क्यामेराको प्राविधिक लक्ष्य भविष्यका अन्तरिक्ष यानहरूका लागि अवतरण गर्न मिल्ने स्थान खोज्नु हो।

इसाको एउटा त्यस्तै यान सन् २०२२ मा पठाउने लक्ष्य राखिएको छ।

तर यो क्यामराले त्यहाँ पाइने विभिन्न खनिज, घाटी, ज्वालामुखी र अन्य भूगर्भीय तथ्यहरूको पनि अवलोकन गरिरहेको छ।

एन्टोनियडि इम्प्याक्ट क्रेटरको भुइँ
तस्बिरको क्याप्शन, प्राप्त तस्बिरलाई वैज्ञानिकहरूले विभिन्न प्रविधि प्रयोग गरेर अध्ययन गर्ने गर्छन्

बर्न विश्वविद्यालय स्विट्जरल्यान्डका प्राध्यापक निकोलस थोमसले यो आयोजनाको नेतृत्व गरिरहेका छन्।

यो क्यामेराले अहिलेसम्म मङ्गलको २० हजार तस्बिर खिचिसकेको छ।

त्यहाँ हामीले पहिल्यै थाहा पाइसकेका कुराहरू पनि छन्।

तर यो क्यामेराले थुप्रै नयाँ जानकारीहरू पनि पठाइरहेको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

उनले बीबीसी न्यूजलाई भने- कुनै स्थानका थाक लागेका तहहरूको तस्बिर निश्चित रूपमा असाध्यै रुचिकर छन्।

"त्यसबाहेक मङ्गल ग्रहको सतहका थप तस्बिरहरू पनि पठाएको छ जुन हामीले यस अघिका उपकरणले पठाएका थिएनन्।"

गएका केही हप्तामा यो क्यामेराले हरेक हप्ता ३०० वटासम्म तस्बिरहरू खिचेको छ।

यो उपकरणको रङ सम्बन्धी क्षमता बलियो छ।

यसले पठाएका तस्बिरहरू नासाका तस्बिरसँग भिडाएर हेर्ने पनि गरिएको छ।

क्यासिसले जेभेन्टे चास्मा जस्ता सेडिमेन्टरी बेड्स अर्थात थिग्र्यानबाट बनेका तहको तस्बिर पनि पठाएको छ
तस्बिरको क्याप्शन, क्यासिसले जेभेन्टे चास्मा जस्ता सेडिमेन्टरी बेड्स अर्थात थिग्र्यानबाट बनेका तहको तस्बिर पनि पठाएको छ

प्राध्यापक थोमसका अनुसार अहिले वैज्ञानिक क्षेत्रमा नासा र इसाको सहकार्य भइरहेको छ।

क्यासिसले सिसिफि थोलस नजिकै एउटा क्षेत्रको फोटो पठाएको छ जहाँ तुसारो जमेको देख्न पाइन्छ।

धेरै उचाइमा जमेको कार्बन डाइअक्साइ र तुसारोको फोटो क्यासिसले पठाएको छ।

क्यासिसले कसरी काम गर्छ?

मङ्गल ग्रहको अध्ययन गरिरहेको यो समूहले आफ्ना तथ्याङ्कमा आधारित केही लक्ष्य निर्धारण गर्छ।

त्यसपछि यो क्यामेरा उक्त सतहमा ३ किमि प्रति सेकेन्डका दरले उड्छ।

त्यसैले द्रुत गतिमा तस्बिरहरू खिच्नुपर्छ।

क्यामेराको रङ प्रविधि र मान्छेको आँखाले देख्ने रङ प्रणालीभन्दा फरक छ।

तर विभिन्न खनिजले सूर्यको किरण फरक किसिमले परावर्तन गर्ने हुनाले वैज्ञानिकहरूले त्यसबाट नयाँ सूचना सङ्कलन गर्न सक्छन्।

यो समूहले नजिकबाट हेरेकोमध्ये एक जेजेरो ज्वालामुखी पनि हो।

मोनि ज्वालामुखी
तस्बिरको क्याप्शन, केसर क्रेटर बेसिनस्थित मोनि ज्वालामुखीमा देखिएका फरक फरक तहहरू

यसैमा नासाको पर्सिभेरेन्स रोभर आगामी हप्ता अवतरण गर्ने योजना छ र त्यसले यो ग्रहमा जिवाशेषको प्रमाण खोजी गर्नेछ।

प्राध्यापक थोमसका अनुसार यो समूहलाई जेजेरो जस्ता ठाउँको तस्बिर खिच्ने मौका वर्षमा चारदेखि छ पटकसम्म प्राप्त हुन्छ।

योजना गरिएअनुसार क्यासिसले पर्सिभरेन्स अवतरण गरेको पाँचदिनपछि उसको प्याराशुट लगायत अवतरणका बेलाका फ्याँकिएका वस्तुको तस्बिर खिच्ने अपेक्षा राखिएको छ।

"हामीले अनुमति लिएका छौँ। त्यसैले पर्सिभेरेन्स सफल रूपमा अवतरण गरियो भने तस्बिरहरू देख्न पाइनेछ। यदि त्यो तलको भाग माथि भएर अवतरण गर्‍यो या गलत स्थानमा अवतरण भयो भने हामीले त्यो खोज्न सहयोग गर्नेछौँ," प्राध्यापक थोमसले भने।

यो आयोजना कम्तीमा सन् २०२५ सम्म काम गरिरहने प्राध्यापक थोमसले बताए।