कोरोना भाइरस नेपाल: १३ तस्बिरमा कोभिड खोप अभियानको पहिलो दिन

Published

नेपालका सातै प्रदेशमा बुधवार कोभिड खोप लगाउन सुरु गरिएको छ।भारतले सहयोग दिएको १० लाख मात्रा कोभिशील्ड स्वास्थ्यकर्मीहरूलाई लगाएर पहिलो चरणको खोप अभियान सुरु गरिएको हो।

खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सबै नेपालीले कोरोनाभाइरसविरुद्ध खोप प्राप्त गर्ने बताएका छन्।

कोभिडविरुद्ध खोप अभियानको शुभारम्भ गर्दै ओलीले सबै नेपालीले निःशुल्क खोप प्राप्त गर्ने बताएका हुन्।

प्रम ओली
तस्बिरको क्याप्शन, खोप कार्यक्रमको उद्‌घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबैलाई नि:शुल्क खोप उपलब्ध गराइने बताएका छन्

"तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछौँ। मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ," प्रधानमन्त्री ओलीले भने।

खोप नाफा कमाउने विषय हुनु नहुने र यो सबैको पहुँचमा हुनुपर्ने उनले बताए।

मन्त्री ह्रदयेश त्रिपाठी
तस्बिरको क्याप्शन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रममा खोपबारे जानकारी गराएका थिए
काठमाण्डूको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउँदै एक चिकित्सक
तस्बिरको क्याप्शन, सरकारले बुधवार करिब १२० स्थानबाट एकै पटक देशव्यापी रूपमा खोप कार्यक्रम अघि बढाएको छ।

उद्घाटन कार्यक्रममा भर्चूअल माध्यमबाट जोडिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निर्देशक डा. सागरकुमार राजभण्डारीले पहिलो खोप लगाएका छन्।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा बुधवार कोभिडविरुद्धको खोप उद्घाटन समारोहमा पहिलो कोभिड खोप लगाउँदै कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास
तस्बिरको क्याप्शन, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा बुधवार कोभिडविरुद्धको खोप उद्घाटन समारोहमा पहिलो कोभिड खोप लगाउँदै कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास

सङ्क्रमणको अवस्था गत वर्षको माघ ९ गते नेपालमा पहिलो पटक कोरोनाभाइरसका सङ्क्रमित फेला परेका थिए।

पछिल्लो एक वर्षमा नेपालमा २७०,००० भन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भइसकेको छ भने २,००० बढीको ज्यान गइसकेको छ।

तनहुँको दमौलीमा खोप लगाउँदै दमौली अस्पतालका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठ। पहिलो चरणमा तनहुँका १,६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउने योजना छ
तस्बिरको क्याप्शन, तनहुँको दमौलीमा खोप लगाउँदै दमौली अस्पतालका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठ। पहिलो चरणमा तनहुँका १,६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउने योजना छ
कोभिड खोप
तस्बिरको क्याप्शन, अहिलेसम्म नेपालमा कोभिशील्डले मात्र आपत्कालीन प्रयोगका लागि अनुमति पाएको छ
सप्तरीको राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिडविरुद्धको खोप अभियान शुभारम्भ गर्दै प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह
तस्बिरको क्याप्शन, सप्तरीको राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिडविरुद्धको खोप अभियान शुभारम्भ गर्दै प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह
प्रथम चरणको कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रमअन्तर्गत खोप बाकस स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ
तस्बिरको क्याप्शन, प्रथम चरणको कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रमअन्तर्गत खोप बाकस स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ
जुम्लामा खोप लगाउन आवश्यक तयारी गर्दै स्वास्थ्यकर्मीहरू
तस्बिरको क्याप्शन, जुम्लामा खोप लगाउन आवश्यक तयारी गर्दै स्वास्थ्यकर्मीहरू
पाटनमा कोभिड खोप लगाइने तयारी गर्दै एक स्वास्थ्यकर्मी
तस्बिरको क्याप्शन, पाटन अस्पतालमा कोभिड खोप लगाइने तयारी गर्दै एक स्वास्थ्यकर्मी
प्रदेश नं २ मा खोप लगाएपछि खोप कार्डका साथ स्वास्थ्यकर्मीहरू
तस्बिरको क्याप्शन, प्रदेश नं २ मा खोप लगाएपछि खोप कार्डका साथ स्वास्थ्यकर्मीहरू

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित