अमेरिकी संसद् भवनमा फौज: क्यापिटल हिंसापछि यसरी परिचालन गरियो सशस्त्र फौज

फौज
Published

अमेरिकी संसद् भवनमा विध्वंस भएको एक सातापछि क्यापिटल भवनको निगरानी गरिरहेका न्याश्नल गार्डका सुरक्षाकर्मीका तस्बिरहरू भाइरल भएका छन्।

तस्बिरहरूमा भवनको भित्र र बाहिर सुरक्षाकर्मीको व्यापक उपस्थिति देखिन्छ। जुन गतसाता विश्वव्यापी भएको संसद् भवनको अराजकताको तस्बिरभन्दा विपरीत दृष्य हो।

वासिङ्टन डीसीमा शनिवारसम्म न्याश्नल गार्डका १०,००० सदस्य तैनाथ गरिने बताइएको छ।

प्रहरी अधिकारीहरूले जो बाइडनको सपथ ग्रहणको दिन त्यो सङ्ख्या दोबर बनाइने जनाएका छन्।

फौज
1px transparent line
फौज
1px transparent line
फौज

गत साताको हिंसामा ट्रम्पको भूमिकालाई लिएर उनलाई महाभियोग लगाउन तल्लो सदनमा मतदान गर्ने भनिएसँगै फौजको पछिल्लो परिचालन गरिएको हो।

तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्पमाथि हूलदङ्गालाई प्रोत्साहित गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव प्रस्तुत गरेको थियो।

बहुमतले पारित उक्त प्रस्तावमा ट्रम्पकै दलका १० जना सांसदले साथ दिएका छन्।

अमेरिकी संसद्‌मा राष्ट्रपतीय चुनावको नतिजा प्रमाणीकरण गर्न मतदान भइरहेका बेला ट्रम्पका कट्टरपन्थी समर्थकहरूको भिड संसद् भवनमा प्रवेश गरेको थियो।

डेमोक्र्याट सांसद स्टेनी होयर
1px transparent line
फौज
1px transparent line
फौज

भवनलाई सुरक्षित र प्रदर्शनकारीलाई भगाएपछि संसद्को सुरक्षामा सहयोग गर्न हजारौँ न्याश्नल गार्डहरू लगिएको थियो।

पेन्टागनले क्यापिटलको सुरक्षा गरिरहेकालाई हतियार र सुरक्षा सामग्री साथमा राख्न मङ्गलवार अनुमति दिएको हो।

फौज
1px transparent line
फौज

गत साताको घटनालाई लिएर भएको व्यापक आलोचना अनि ज्यानुअरी २० मा बाइडनको शपथ ग्रहणमा थप हिंसा हुने त्रासबीच पछिल्लो उच्च सतर्कताको दृष्य देखा परेको हो।

सङ्घीय जाँच ब्यूरो एफबीआईले हिंसाका जिम्मेवारहरूको खोजी गरिरहेको छ र देशका विभिन्न स्थानमा सम्भावित सशस्त्र प्रदर्शन र थप अशान्तिको चेतावनी जारी गरेको छ।

सुरक्षा सामग्री
1px transparent line
Soldiers walk in a line outside the US Capitol
1px transparent line

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।