डिएगो म्याराडोना: आर्जेन्टिनी महान्‌ खेलाडीको फुटबल जीवन तस्बिरमा

डिएगो म्याराडोना
तस्बिरको क्याप्शन, सन् १९८६ मा विश्व कप देखाउँदै डिएगो म्याराडोना, फुटबल अभ्यास, उनकी पूर्वपत्नी क्लाउडिया, उनीहरूका छोरीहरू डाल्मा र जियानियाका साथमा।
Published

उनको जीवन रङ्गमय मात्रै भनेर पनि न्याय हुँदैन। डिएगो म्याराडोना फुटबल मैदानका असाधारण व्यक्तित्व थिए र मैदानबाहिर विवादास्पद व्यक्ति पनि।

उनको गृह नगर आर्जेन्टिनादेखि इटली सम्मको सफलतासम्म, विश्व कपको किर्तीदेखि लागुऔषधको दलदलसम्म, उनको जीवनका केही तस्बिरहरू।

डिएगो म्याराडोना, १९८२
तस्बिरको क्याप्शन, शुरूवात: म्याराडोनाले आर्जेन्टिनाका लागि सन् १९८२ मा स्पेनमा भएको विश्वकप खेलेका थिए तर चार वर्ष पछिको विश्वकपमा उनको प्रभाव प्रस्ट भयो...
डीएगो म्याराडोना र पीटर शिल्टन १९८६ को विश्वकपमा हात मिलाउँदै
तस्बिरको क्याप्शन, आँधी आउनु अघिको शान्ति: मेक्सिकोमा भएको विश्वकप क्वार्टर फाइनलमा इङ्गल्यान्डका गोलरक्षक पीटर शिल्टनसँग हात मिलाउँदै डिएगो म्याराडोना
डीएगो म्याराडोनाले सन् १९८६ को विश्वकपका बेला इङ्गल्यान्डविरुद्ध दुई गोल गरेका थिए
तस्बिरको क्याप्शन, इङ्गल्यान्डविरुद्ध ह्यान्ड अफ गड 'ईश्वरको हात 'गोल गरेपछि उनले शताब्दी गोल (गोल अफ सेन्चुरी) गरेका थिए।
Diego Maradona with the World Cup
तस्बिरको क्याप्शन, विश्वस्तर: म्याराडोना सन् १९८६ को विश्व कपमा आर्जेन्टिनालाई जिताएपछि प्लेयर अफ द टुर्नामेन्ट घोषणा गरिए। चार वर्ष पछिको विश्वकपमा पनि आर्जेन्टिनालाई फाइनलमा पुर्‍याउन उनको भूमिका थियो।
डिएगो म्याराडोना
तस्बिरको क्याप्शन, इटलीको फुटबल क्लब नापोलीमा म्याराडोना एक प्रतीकका रूपमा स्थापित भए: सन् १९८९ मा उनले यूइएफए कप जिते र दुईवटा लीगमा पनि जित हासिल भयो। उनको सम्मानमा नम्बर १० को शर्ट लगाउन रोकियो।
Diego Maradona in 2001
तस्बिरको क्याप्शन, सन् २००१ मा म्याराडोना लागुऔषधको कुलत र अत्यधिक तौलसँग जुझिरहेका थिए।
Lionel Messi and Diego Maradona
तस्बिरको क्याप्शन, आर्जेन्टिनाको टीम: राष्ट्रिय टोलीको व्यवस्थापकका रूपमा आफ्नो ज्ञान लियोनेल मेसीलाई दिँदै सन् २०१० को विश्वकपमा म्याराडोना। तर उनीहरू जर्मनीसँग क्वार्टर फाइनलमा ४-०ले पराजित भए।
डिएगो म्याराडोना, रुस
तस्बिरको क्याप्शन, पोस्टर बोइ: रुसमा सन् २०१८ मा भएको आर्जेन्टिना र नाइजेरियाबीचको विश्वकप फुटबलका बेला आफ्नो फोटो भएको ब्यानर अगाडि बसेर फोटो खिचाउँदै म्याराडोना