श्रीलङ्कामा फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार

Published

श्रीलङ्कामा हात्तीहरूको बथान फोहोरमा चरिरहेको तस्बिरले यो वर्ष रोयल सोसाइटी अफ बायोलजी (आरएसबी) फोटोग्राफी प्रतियोगिता जितेको छ।

हात्ती

यो तस्बिर तिलक्षण धर्मपालनले खिचेका हुन्। तस्बिर आम्पारा जिल्लामा अवस्थित एउटा वन्यजन्तु आरक्षनजिकै खिचिएको हो।

फोहोर खाएर हात्तीहरू बिरामी पर्न र मर्न थालेपछि भर्खरै सरकारले त्यहाँ फोहोर फाल्न प्रतिबन्ध लगाएको छ।

धर्मपालनको तस्बिर 'आवर चेन्जिङ वर्ल्ड' अर्थात् 'हाम्रो बदलिँदो विश्व' शीर्षकको प्रतियोगितामा प्रथम भएको हो। उनले १,००० पाउन्ड हात पारेका छन्।

आरएसबीको युवा फोटोग्राफर उपाधि पनि श्रीलङ्काका १४ वर्षीय आश्विन गीर्तनले जितेका छन्।

उनले माझीहरूले छोडेका डन्डीमा बसेर तल पानीमा माछा ढुकिरहेका चराहरूको तस्बिर खिचेका थिए।

चरा

उक्त प्रतियोगितामा सहभागी उत्कृष्ट तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

2px presentational grey line

उपविजेताः रोबर्टो बुएनोले बेलीजमा खिचेको 'द बाउन्ड्री अफ डिजास्टर'

जङ्ल र खाली जमिन

यहाँ देखिएको सीधा रेखाले प्रकृति (जङ्गल) र मान्छेको गतिविधि (बाँझो जमिन) छुट्याउँछ।

2px presentational grey line

धेरै मन पराइएकोः आगाता बोगुस्जिउस्काले लन्डनमा खिचेको 'अब्जर्भर'

रिच्मन्ड पार्क
2px presentational grey line

छानिएकोः हसन बग्लारले साईप्रसमा खिचेको 'माई शर्ट'

फट्याङ्ग्रो

आफ्नो खोल फेर्दै गरेको फट्याङ्ग्रो।

कीटपतङ्ग र विभिन्न जीवले आफ्नो रूपान्तरणका बेला आफ्नो खोल, काँचुली वा छाला फेर्छन्।

2px presentational grey line

छानिएकोः फिलिपिन्समा फ्रोइ रिभेराले खिचेको 'यङ भलन्टीएर्स'

वृक्षरोपण

वृक्षरोपणमा रमाउँदै तीन स्वयंसेवीहरू।

2px presentational grey line

छानिएकोः सौरभ चक्रवर्तीले ओडिशामा खिचेको 'द ओलिभ जर्नी'

ओडिशा

भारतको ओडिशास्थित रुशिकुल्याको समुद्री तटमा प्रत्येक वर्ष यसरी हजारौँ कछुवा फुल पार्न आउँछन्।

2px presentational grey line

छानिएकोः जोनाथन जिमेनेजले बेल्जममा खिचेको 'ग्रीनहाउस'

हरितगृह

अहिले परित्यक्त यो हरितगृह १९औँ शताब्दीको हो।

यसमा प्रकृतिले कसरी मानवनिर्मित संरचनामा आफ्नो रूप बनाउन सक्छ भन्ने देखिन्छ।

2px presentational grey line

यङ फोटोग्राफरको उपविजेताः शार्लट बीनले इङ्ग्ल्याडमा खिचेको 'द वर्ल्ड इज अ गुड प्लेस'

टिउरा

नदीको किनारामा माउभन्दा अघिअघि हिँडिरहेका टिउराहरूले सकारात्मक भावना सञ्चार गर्छन्।

2px presentational grey line

धेरै मन पराइएकोः सप्तर्षि गायेनले भारतको पश्चिम बङ्गालमा खिचेको 'एन्ड अफ थाउजन्ड ड्रीम्स'

मृत्यु

नराम्रो मौसमले मान्छेमा मात्र हैन प्रकृतिमा पनि प्रभाव पारिरहेको छ।

चक्रवातका कारण एउटा चराका दुइटा चल्ला गुँडबाट खसेर मरेका थिए।

2px presentational grey line

छानिएकोः रोजी टार्बटनले यूकेको सरीमा खिचेको 'साइलन्ट नून'

झ्यालिन्चा

प्रकृतिका अनेक रङ्ग छन्। सबै प्राणीको आफ्नै खालको जीवन चक्र हुन्छ।

यहाँ एउटा झ्यालिन्चा आफ्नो रूप फेरिएपछि उडेको देखिन्छ।

2px presentational grey line

छानिएकोः रोरी स्ट्रिङ्गरले स्विस आल्प्समा खिचेको 'इश्मीर ग्लेसीअर'

हिमताल

सन् १८०० को शताब्दी यो पूरै खोँचमा हिउँ थियो।

अहिले हिमताल साँघुरिएको छ अनि चट्टानहरू अस्थिर भएका छन्।

हामी वरिपरि परिवर्तन भइरहेको छ। भोलि हाम्रो संसार कस्तो देखिन्छ कसलाई के थाहा?

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सुरक्षित।