मुस्कुराउनुहोस्! यी हुन् सन् २०२० को कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्ड्सका लागि अन्तिम चरणमा पुगेका तस्बिर

लोखर्के
तस्बिरको क्याप्शन, "ओ सोले मिओ": स्पर्मोफाइल नामक एक प्रकारको लोखर्केको तस्बिर हङ्गेरीमा खिचिएको हो
Published

जनावरहरूका विभिन्न भावभङ्गीका तस्बिर यो वर्षका मुख्य प्रतिस्पर्धीका रूपमा समेटिएका थिए, तस्बिर सौजन्यः कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्ड्स।

अट्टर
तस्बिरको क्याप्शन, आज विद्यालय बिदाको अन्तिम दिन: सिङ्गापुरमा अप्ठ्यारो महसुस गरेको जस्तो देखिने अटर अर्थात् मलसाँप्रो
म आत्तिएको छैन: संयुक्त राज्य अमेरिकाको ओहायोमा रूखका हाँगाबिँगामा अड्किएको भए पनि शान्त भावमा एउटा र्‍याकून
तस्बिरको क्याप्शन, म आत्तिएको छैन: संयुक्त राज्य अमेरिकाको ओहायोमा रूखका हाँगाबिँगामा अड्किएको भए पनि शान्त भावमा एउटा र्‍याकून
लङ्गुरका साथी
तस्बिरको क्याप्शन, रमाइलो गरौँ नः भारतमा खिचिएको यो तस्बिरमा केही लङ्गुरहरू अरूभन्दा बढी रमाएको देखिन्छ
मुसा र स्याल
तस्बिरको क्याप्शन, कठिन वार्ताः इजरेलमा खिचिएको यो तस्बिरमा एउटा फ्याउरो र मूसो कुराकानी गरिरहेको जस्तो मुद्रामा देखिन्छन्
बबून
तस्बिरको क्याप्शन, फुक्काफालः बोत्स्वानामा यो बबूनले पनि विगत दुई महिनालाई एकदमै थकाइलाग्दो मानेको होला
गोरिला
तस्बिरको क्याप्शन, दिक्कलाग्दोः युगान्डाको न्याश्नल पार्कमा तस्बिर खिचिएको गहिङ्गा गोरिला
एट्लान्टिक पितरेल
तस्बिरको क्याप्शन, मलाई पनि देऊ न!: स्कटल्यान्डमा खिचिएको यो तस्बिरमा एउटा एट्लान्टिक पफिन चराले आफ्नो साथीसँग आहारा मागिरहेको जस्तो देखिन्छ
पोलर बिअर
तस्बिरको क्याप्शन, विलापः सन् २०२० मा हामी सबै नर्वेको स्पिट्स्बर्गको यो ध्रुवीय भालु जस्तै भएका छौँ
हाँसोः क्यानरी आईलन्ड्समा खिचिएको यो स्प्यारिसोमा क्रिटन्स नामक माछाको तस्बिर देख्दा जसलाई पनि रमाइलो लाग्छ
तस्बिरको क्याप्शन, प्रसन्नताः क्यानरी आईलन्ड्समा खिचिएको यो स्प्यारिसोमा क्रिटन्स नामक माछाको तस्बिर देख्दा कसलाई पो रमाइलो नलाग्ला?

यो प्रतियोगिताका आयोजकहरूले चारवटा महत्त्वपूर्ण सन्देशसहित वन्यजन्तु संरक्षणलाई प्रवर्धन गरिरहेका छन्।

ती सन्देश हुन्ः स्थानीय सामग्री किन्नुहोस्, मौरी जोगाउने प्रयास गर्नुहोस्, हवाईजहाजमार्फत् गरिने यात्रा त्याग्नुहोस् र वन्यजन्तु संरक्षणका लागि प्रभावकारी हुनुहोस्।

आगामी अक्टोबर २२ मा विजेताको नाम घोषणा हुनेछ।