अमेरिकामा मृत्युदण्ड पाउनुअघि कैदीहरूको अन्तिम भोजन

Published

अमेरिकामा मृत्युदण्डका विषयमा थप जानकारी होस् भनेर फोटोग्राफर ज्याकी ब्ल्याकले मृत्युदण्ड पाएका कैदीहरूले अनुरोध गरेको अन्तिम भोजन कस्तो थियो भनेर देखाउन तस्बिरहरू खिचेका छन्।

खाना
तस्बिरको क्याप्शन, सन् १९९९ मे ५ मा मृत्युदण्ड पाएका क्लाइडेल कोलम्यानले मागेको अन्तिम खाना यस्तो थियो

"तपाईँले गर्नुभएको वा नगर्नुभएको अपराधका लागि मृत्युवरण गर्नुअघि अन्तिम पटक तपाईँ के खान चाहनुहुन्छ?" आफ्नो तस्बिर परियोजनाको बारेमा अमेरिकी फोटोग्राफर भन्छन्। प्राप्त जानकारीका आधारमा सबै तस्बिरहरू पछि खिचिएका हुन्।

"यदि त्यो खाना हाम्रो अगाडि राखियो भने हामीले उनीहरूजस्तै अनुभव गर्न सक्छौँ।"

"हामी आफ्नै कार्यका बारेमा प्रश्न सोध्न सक्छौँ या न्यायप्रणालीका बारेमा प्रश्न उठाउन सक्छौँ।"

"सायद मृत्युदण्ड पाएका मानिसहरूको वेदना बुझ्न सक्छौँ।"

डेभिडवेयन स्टोकर

खाना

मृत्युदण्ड: सन् १९९७ जुन १६

शिक्षा: आठ वर्ष

पेसा: सिकर्मी

अन्तिम वाक्य: "तपाईँको स्वजनको मृत्युप्रति म साँच्चै दुःखि छु... तर मैले कसैलाई मारेको छैन।"

2px presentational grey line

एन्थनी रे वेस्ट्ली

खाना

मृत्युदण्ड: सन् १९९७ मे १३

शिक्षा: आठ वर्ष

पेसा: श्रमिक

अन्तिम वाक्य: "तपाईँहरूले यो जान्नुपर्छ कि मैले कसैलाई मारेको छैन। म तपाईँ सबैलाई माया गर्छु।"

2px presentational grey line

टमस एन्डी बेअरफुट

खाना

मृत्युदण्ड: सन् १९८४ अक्टोबर ३०

शिक्षा: थाहा नभएको

पेसा: तेलखानीमा काम

अन्तिम वाक्य: "म दिनभरि पीडितकी श्रीमतीले आफ्नो मनबाट तुस निकाल्न सकून् भनेर प्रार्थना गरेँ किनभने त्यो तीतोपनले उनलाई नर्कमा पुर्‍याउँछ। मैले जसलाई जे गरेँ त्यसको लागि माफी चाहन्छु। म आशा गर्छु उनीहरूले मलाई माफ गर्नेछन्।"

2px presentational grey line

जेम्स रसेल

स्याउ

मृत्युदण्ड: सन् १९९१ सेप्टेम्बर १९

शिक्षा: १० वर्ष

पेसा: सङ्गीतकार

अन्तिम वाक्य: तीन मिनेट बोलेको र त्यसको विवरण नराखिएको बताइन्छ

2px presentational grey line

जेफ्री एलन बार्नी

खाना

मृत्युदण्ड: सन् १९८६ एप्रिल १६

शिक्षा: अज्ञात

पेसा: अज्ञात

अन्तिम वाक्य: "मैले जे गरेँ त्यसको लागि मलाई दुःख लागेको छ। मलाई यसको योग्य छु। भगवान्, मलाई माफ गर।"

2px presentational grey line

जोनी फ्र्र्‍याङ्क ग्यारेट

आइसक्रिम

मृत्युदण्ड: सन् १९९२ फेब्रुअरी ११

शिक्षा: सात वर्ष

पेसा: श्रमिक

अन्तिम वाक्य: "म मेरो परिवारलाई मलाई माया गरेको र मेरो हेरचाह गरेकोमा धन्यवाद दिन चाहन्छु। बाँकी अरूले जेसुकै गरून्।"

2px presentational grey line

विलियम प्रिन्स डेभिस

खाना

मृत्युदण्ड: सन् १९९९ सेप्टेम्बर १४

शिक्षा: सात वर्ष

पेसा: डकर्मी

अन्तिम वाक्य: "मेरो कार्यका कारण मेरो परिवारलाई परेको दुःखका लागि म ह्रदयदेखि नै दुःखी छु। मृत्युदण्ड पाएका सबै व्यक्तिहरूलाई गएको वर्ष माया देखाएकोमा म धन्यवाद दिन चाहन्छु।"

"मेरो शरीरका अङ्गहरू विज्ञानका लागि दान गरेर कसैको लागि उपयोगी हुनसक्छन् भन्ने मेरो आशा छ।"

2px presentational grey line

जेरल्ड ली मिचल

चकलेट

मृत्युदण्ड: सन् २००१ अक्टोबर २२

शिक्षा: १० वर्ष

पेशा: सिकर्मी

अन्तिम वाक्य: "म त्यो पीडाका लागि दुःखी छु। मैले लिएको ज्यानका लागि म दुःखी छु। म ईश्वरसँग क्षमा माग्छु र तपाईँसँग पनि क्षमा माग्छु। मैले गरेको कार्यका लागि म दुःखी छु।"

"मेरो परिवारका सबैलाई म माया गर्छु। म ईश्वरसँग बस्न जाँदैछु भन्ने मलाई थाहा छ। मेरो लागि खुसीको आँसु बगाउनू।"

2px presentational grey line

जेम्स बीट्हार्ड

खाना

मृत्युदण्ड: सन् १९९९ डिसेम्बर ९

शिक्षा: १५ वर्ष

पेशा: मोटरसाइकल मिस्त्री

उनलाई मृत्युदण्ड सुनाइएपछिका दिनहरूमा एक मुख्य साक्षीले बयान फेरेका थिए भने उनको फैसलामा पुर्नविचार गर्ने समितिका तीन सदस्यले उनलाई माफी दिनुपर्ने राय दिएका थिए।

उनले मर्नुअघि परिवारको प्रशंसा गर्दै इरान, इराक र क्युबाजस्ता देशहरूलाई विनाश गरेर निर्दोष मानिसहरू मार्न खोजेको भन्दै अमेरिकी सरकारको आलोचना गरेका थिए र मानवजीवनको मूल्य बाँकी नराखेको बताएका थिए। त्यस्तै वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै यस्तै भइरहे सबै विनाशतर्फ जाने बताएका थिए।

अन्तिम वाक्य: "सत्य बाहिर आउने वा मानिसहरूले के भइरहेको छ थाहा पाउने थोरैमध्ये एक तरिका हामीले स्वतन्त्र प्रेसलाई समर्थन गरेर हो। तर म देख्छु प्रेस स्वतन्त्र अस्तित्वका लागि सङ्घर्ष गरिरहेको छ।"

'लास्ट मील्स' को प्रदर्शनी न्यूयोर्क स्थित प्यारिश आर्ट म्यूजीअममा ज्यानुअरी २१, २०२१ सम्म हुनेछ।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित