मनसुन नेपाल: आठ तस्बिरमा अविरल वर्षाले ल्याएको विपत्

Published

नेपालभरि लगातारको वर्षाका कारण बाढी तथा पहिरो आउँदा जनधनको क्षति भएका छन्।

धेरै स्थानहरू जोखिममा परेका छन्।

देशका विभिन्न स्थानहरूमा बाढी र पहिरो गएका खबर आइरहेका बेला स्थानीय सरकारका प्रतिनिधिले स्रोत र साधनको अभावले उद्धार र राहतमा समस्या भोगेको गुनासो गरेका छन्।

हेर्नुहोस् अविरल वर्षाका कारण आएको बाढी र पहिरोका तस्बिरहरू:

सिन्धुपाल्चोकको बाह्रबिसेको जम्बुका ठाडो खोलामा आएको बाढीले १५ घर बगाएको छ भने पहिरोमा परी दुई जनाको निधन र १३ जना बेपत्ता भएका छन्
तस्बिरको क्याप्शन, सिन्धुपाल्चोकको बाह्रबिसेको जम्बुका ठाडो खोलामा आएको बाढीले १५ घर बगाएको छ भने पहिरोमा परी दुई जनाको निधन र १३ जना बेपत्ता भएका छन्
जाजरकोट बारेकाट गाउँपालिकामा पहिरोले दुई घर बगाउँदा स्थानीय नागरिकहरू बेपत्ता १२ जनाको खोजी गरिरहेका छन्
तस्बिरको क्याप्शन, जाजरकोट बारेकाट गाउँपालिकामा पहिरोले दुई घर बगाउँदा स्थानीय नागरिकहरू बेपत्ता १२ जनाको खोजी गरिरहेका छन्
लमजुङको बेँसीसहरमा पहिरोमा परेकाको उद्धार गर्दै सुरक्षाकर्मीहरू। सो पहिरोमा परी तीन जनाको मृत्यु भएको छ
तस्बिरको क्याप्शन, लमजुङको बेँसीसहरमा पहिरोमा परेकाको उद्धार गर्दै सुरक्षाकर्मीहरू। सो पहिरोमा परी तीन जनाको मृत्यु भएको छ
लमजुङको बेँसीसहर नगरपालिकास्थित खरखरे भीरमा पहिरो गएको स्थानबाट यात्रा गर्दै पैदलयात्रु
तस्बिरको क्याप्शन, लमजुङको बेँसीसहर नगरपालिकास्थित खरखरे भीरमा पहिरो गएको स्थानबाट यात्रा गर्दै पैदलयात्रु
नारायणघाटमा नारायणी नदीमा आएको बाढीको दृश्य
तस्बिरको क्याप्शन, नारायणघाटमा नारायणी नदीमा आएको बाढीको दृश्य
बाढीले बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिकामा रघुगङ्गा नदीमा पुलमा क्षति पुर्‍याएको छ
तस्बिरको क्याप्शन, बाढीले बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिकामा रघुगङ्गा नदीमा पुलमा क्षति पुर्‍याएको छ
पोखराको फेवातालमा पानीको सतह बढेपछि किनारमा राखेका डुङ्गाहरू पानीले भरिएका छन्
तस्बिरको क्याप्शन, पोखराको फेवातालमा पानीको सतह बढेपछि किनारमा राखेका डुङ्गाहरू पानीले भरिएका छन्
सेती नदीमा बढेको पानी रामघाटको खोँचबाट सहज तरिकाले बग्न नस्क्दा ताल बनेको छ
तस्बिरको क्याप्शन, सेती नदीमा बढेको पानी रामघाटको खोँचबाट सहज तरिकाले बग्न नस्क्दा ताल बनेको छ

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।