चीता: प्रतियोगितामा सङ्कटापन्न वन्यजीव चीताका उत्कृष्ट तस्बिर

केन्यामा चीताका डमरु
Published

'रिमेम्बरिङ वाइल्डलाइफ' नामक पुस्तक शृङ्खलाले आयोजना गरेको एउटा प्रतियोगितामा चीताहरूका १० वटा तस्बिर सर्वोत्कृष्ट ठहरिएका छन्।

उक्त प्रतियोगितामा २,४०० फोटोग्राफरले केन्या, नामिबिया, टान्जानिया र दक्षिण अफ्रिकामा खिचेका तस्बिरहरू पठाएका थिए।

ती १० तस्बिर आगामी अक्टोबर महिनामा 'रिमेम्बरिङ चीटाज' नामक पुस्तकमा विश्वका अग्रणी वन्यजन्तु फोटोग्राफरले नि:शुल्क उपलब्ध गराएका तस्बिरसँगै प्रकाशित गरिनेछ।

प्रतियोगितामा सहभागी हुँदा फोटोग्राफरहरूले तिरेको शुल्क नामिबिया र केन्यामा सञ्चालित चीता संरक्षण परियोजनालाई दिइनेछ।

अहिले संसारमा ७,००० वटाजति चीता बाँकी छन्। त्यसैले रिमेम्बरिङ वाइल्डलाइफले वन्यजन्तुहरूले खेपेको जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

प्रतियोगितमा सर्वोत्कृष्ट ठहरिएका तस्बिरहरू यहाँ प्रस्तुत छ।

तीनवटा चीता
तस्बिरको क्याप्शन, 'भाइ भए भरोस'
फूलको बीचमा चीता
तस्बिरको क्याप्शन, फूलसँग लुकामारी
Presentational white space
कालो बादलमुनि
तस्बिरको क्याप्शन, कालो बादलमुनि
रूख चढ्न सिक्दै
तस्बिरको क्याप्शन, रूख चढ्न सिक्दै
Presentational white space
कता होला सिकार?
तस्बिरको क्याप्शन, कता होला सिकार?
चीताको टाउको
तस्बिरको क्याप्शन, नजिकैबाट हेर्दा
Presentational white space
खुला आकाशमुनि मैदानमा एक्लै
तस्बिरको क्याप्शन, खुला आकाशमुनि मैदानमा एक्लै...
आमा र डमरु
तस्बिरको क्याप्शन, मातृवात्सल्य
Presentational white space
तिमी उता हेर, म यता हेर्छु
तस्बिरको क्याप्शन, विपरीत दिशा

सबै तस्बिरहरूको सर्वाधिक माथि उल्लेख गरिएअनुसार सुरक्षित