कोरोना भाइरस: भारतमा कोभिड‍-१९ बाट मृत्यु हुनेको सङ्ख्या चीनमाभन्दा बढी

भारत
Published

कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्यामा भारतले चीनलाई उछिनेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,७०६ पुगेको छ।

कोरोनाभाइरस सङ्क्रमण सुरु भएको चीनमा अहिलेसम्म ४,६३८ को मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ।

एक लाख ६० हजारभन्दा बढी सङ्क्रमण भएको भारतले कुल सङ्क्रमितको सङ्ख्यामा चीनलाई केही साता अगाडि नै उछिनेको हो।

भारतमा चौथो पटकको लकडाउन जारी रहेको छ र अब के हुन्छ भन्ने कुरा स्पष्ट छैन।

केही विज्ञहरूले त्यहाँ सङ्क्रमण अझै उच्च बिन्दूमा नपुगेको बताउँदै जुन वा जुलाई महिनामा यसको उच्च दर देखिने बताएका छन्।

न्यूजील्यान्डमा एकमात्र सङ्क्रमण बाँकी

न्यूजील्यान्डले गएको साता कुनैपनि नयाँ सङ्क्रमण नभएको बताउँदै अब त्यहाँ एकजनामा मात्र कोरोनाभाइरस सङ्क्रमण बाँकी रहेको बताएको छ।

मार्च २५ मा १०० जनाभन्दा कममा सङ्क्रमण भएको र कसैको पनि मृत्यु नभएको अवस्थामा पूर्ण लकडाउन लागु गरेको न्यूजील्यान्ड भाइरसलाई निमिट्यान्न पार्ने पहिलो देश हुने भएको छ।

जेसिन्डा आर्डन
तस्बिरको क्याप्शन, विश्वभर न्यूजील्यान्डले कोरोनाभाइरस रोक्न गरेको कार्यको प्रशंसा भएको छ

न्यूजील्यान्डमा कुल १,५०० जनामा सङ्क्रमण देखिएको र २२ जनाको मृत्यु भएको थियो।

गएको महिना न्यूजील्यान्डले कोरोनाभाइरसविरुद्धको सङ्घर्षमा विजय प्राप्त गरेको घोषणा गरेको थियो।

न्यूजील्यान्डमा शुक्रवारदेखि १०० जनासम्म भेला हुन पाइने भएको छ र सेप्टेम्बरमा अस्ट्रेलियासँगको सीमा खोल्ने सम्बन्धमा योजना बनाइँदैछ।

दक्षिण कोरियामा खुलेका विद्यालय फेरि बन्द

कोरोनाभाइरस सङ्क्रमण बढेपछि खुलेको केही दिनमै दक्षिण कोरियाका २५१ विद्यालयहरू बन्द भएका छन्।

त्यहाँ शुक्रवार ५६ र बिहीवार ७८ नयाँ सङ्क्रमण पुष्टि भएको थियो।

जापान
तस्बिरको क्याप्शन, जापानमा नवजात शिशुलाई सङ्क्रमणबाट बचाउन मुख छोप्ने गरिएको छ

सङ्क्रमण सङ्ख्या थोरै भएपनि ती बाक्लो बस्ती भएको स्थानमा फेला परेका कारण त्यहाँ चिन्ता बढेको हो।

सोल नजिकै बुन्चेनमा फेला परेका सङ्क्रमणका कारण सयौँ अन्य विद्यालयले पनि खोल्ने दिन पछाडि सारेका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण
कोरोनाभाइरस ब्यानर