मनीषा कोइराला: नयाँ नक्साको समर्थन गर्दा नेपालमा वाहवाही, भारतमा आलोचना

मनीषा कोइराला
Published
पढ्ने समय: ३ मिनेट

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गरेपछि अभिनेत्री मनीषा कोइरालाबारे नेपाल र भारत दुवैतर्फ चर्चा भइरहेको छ।

विशेषगरी उनको अभिव्यक्तिलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले गरेको आलोचनाप्रति नेपालीहरूले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

नेपालीहरूले कोइरालाको मतप्रति ऐक्यबद्धता जनाइरहँदा भारतीयहरूले भने उनलाई "बलिउड अभिनेत्री भएर नेपालको पक्ष लिएको" भन्ने लान्छना लगाएका छन्।

नेपाली कलाकारसहित नेताहरू र सर्वसाधारणले समेत कोइरालाको पक्ष लिएका छन्।

मनीषा कोइरालाको अभिव्यक्ति

गत सोमवार मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयबारे जानकारी दिँदै त्यसै दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ट्वीट गरेका थिए।

उनले लेखेका थिए, "लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू-भाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय। आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

उक्त ट्वीटलाई रिट्वीट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, "हाम्रो सानो मुलुकको स्वाभिमान राख्नुभएकोमा धन्यवाद। अब हामी सबै तीनवटै महान् देशहरूबीचको शान्तिपूर्ण र सम्मानजनका वार्ताको अपेक्षा गर्छौँ।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

भारतीय सञ्चारमाध्यमको प्रतिक्रिया

कोइरालाको उक्त भनाइ आएपश्चात् विशेषगरी भारतीय जनता पार्टी नेतृत्वको हालको सरकारको पक्षमा वकालत गर्ने भनेर चिनिएका भारतीय टेलिभिजन च्यानलहरूले उनको व्यापक आलोचना गरेका छन्।

न्यूज च्यानल एबीपी न्यूजले त उनलाई बलिउड चलचित्रहरूबाट उदाएकी नायिका भएकाले "भारतको खाएर चीनको गीत गाएको" भन्ने सम्मको आरोप लगाएर एउटा सामग्री प्रस्तुत गरेको थियो।

मनीषा कोइराला

अहिले भारतीय मिडियाहरूले नेपालले सार्वजनिक गरेको नक्सा 'चिनियाँ उक्साहटमा गरेको' भन्ने खाले विवरणहरू दिइरहेका छन्।

नेपालमा भने कोइरालाले व्यापक समर्थन पाएकी छन्।

उनको वाहवाही गर्नेहरूले सामाजिक सञ्जालमा उनको पक्षमा ह्यासट्याग समेत चलाएका छन्।

नेपाली कलाकारको समर्थन

भारतमा भने कोइरालालाई बहिष्कार गर्न आह्वान गर्दै ह्यासट्याग चलाउनेहरू देखिएका छन्।

उनको पक्षमा उभिनेहरूमा नेपालका चर्चित कलाकारहरू पनि छन्।

गायक प्रमोद खरेलले "भारतमा काम गर्दैमा मनीषाले राष्ट्रियता बिर्सनुपर्छ भन्ने नभएको" लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

मोडल तथा अभिनेत्री उषा रजकले "देशलाई नेतृत्व गर्नुस्" भन्दै उनलाई शुभकामना दिएकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

चर्चित टेलिभिजन प्रस्तोता रवी लामिछानेले कोइरालाको समर्थन गर्दै भारतीयहरूलाई संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत आफ्नै देशको नक्सा हेर्न सुझाव दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space

हास्यव्याङ्ग्यकार मनोज गजुरेलले चाहिँ कोइरालालाई भारतीय मिडियाले गरेको आलोचनाबारे धारणा सार्वजनिक गर्दै राष्ट्रिय एकताका पक्षमा सधैँ सबै एक हुनुपर्ने सुझाव दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space

सत्ताधारी दलकी सांसद नविना लामाले भारतीय मिडियाले कोइरालामाथि लगाएको आरोपलाई हिंसाका रूपमा अर्थ्याएकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space

नेता कमल थापाले एबीपी न्यूजको समाचारलाई पीत पत्रकारिता भनेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

Presentational white space

कतिपय भारतीयहरूले भने कोइरालालाई 'गो नेपाल गो ब्याक' भन्ने ह्यासट्यागका साथ आलोचना गरेका छन्।

त्यस्तैमध्ये एक पियुष मिश्राले मनीषाको ट्वीटमा रिप्लाई गर्दै नेपाल सधैँ भारतको विरोधी भएको लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9

Presentational white space

हर्षित मेहताले भने पाकिस्तानीपश्चात् नेपालीले भारतलाई तल देखाएको लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 10
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 10

Presentational white space

बलिउडमा काम

सन् १९९० को दशकमा कोइराला बलिउड चलचित्र क्षेत्रमा चर्चित बनेकी हुन्।

क्यान्सरको उपचारपश्चात् उनी पछिल्लो समय क्यान्सरबारे जनचेतना जगाउने कार्यमा पनि सक्रिय छिन्।

मनीषा कोइराला

नेपालको प्रजातान्त्रिका आन्दोलनमा लागेर चिनिएको चर्चित कोइराला परिवारकी सदस्य उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी हुन्।

उनका पिता प्रकाश कोइराला पनि राजनीतिमा सक्रिय थिए। तर राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बनेका उनी गणतन्त्रपश्चात् भने राजनीतिमा सक्रिय देखिन्नन्।

कोइरालाले पनि राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर गराएको नगर निर्वाचनका बेला नेपालमा आएर विराटनगरका एक उम्मेदवारको पक्षमा चुनाव प्रचार समेत गरेकी थिइन्।