कोरोना भाइरस: इन्टरनेटबाटै तेक्वान्दो प्रतिस्पर्धा, नेपालका कमल श्रेष्ठलाई स्वर्ण

भिडिओ क्याप्शन सुरु हुँदैछ, इन्टरनेटबाटै तेक्वान्दो प्रतिस्पर्धा, नेपालका कमल श्रेष्ठलाई स्वर्ण
Published

नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध र लकडाउनका बीचमा विश्व अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।

२७ देशका प्रतिस्पर्धीलाई हराएका उनले आफ्नो सफलताको श्रेय प्रशिक्षक र परिवारलाई दिए।

अर्घाखाँची घर भएका ३० वर्षीय खेलाडीले भने, ''मैले स्वर्ण पदक जितेको साथीले सुनाउँदा पहिला मलाई पत्यार नै लागेन।"

"नौलो अनुभव भएको छ र विजयको खुशी सबै नेपालीसँग बाँड्न चाहन्छु।''

इन्टरनेटको माध्यमबाट प्रतियोगितामा भाग लिन सबै प्रतियोगीले आफ्नो देशबाट भिडिओमा पठाएको खेलको आधारमा विजेता घोषित गरिएको थियो।

हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ -

अनि यो पनि: