रोहिन्ज्या शरणार्थी शिविरमा खिचिएको तस्बिर सर्वोत्कृष्ट

Published

बाङ्ग्लादेशमा खाली थाल लिएर पङ्क्तिबद्ध भएका रोहिन्ज्या शरणार्थी बालबालिकाको तस्बिरले खाद्यसामग्रीसम्बन्धी एउटा प्रमुख फोटोग्राफी पुरस्कार जितेको छ।

केएम असदलाई सन् २०२० को 'पिङ्क लेडी फूड फोटोग्राफर'का रूपमा सम्मानित गरिएको छ। उनले बाङ्ग्लादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा यो तस्बिर खिचेका थिए।

बालबालिकाहरू

उक्त शिविरमा १० लाखभन्दा बढी मानिसहरू छन्। कोरोनाभाइरस महामारीका कारण उनीहरूलाई हाल लकडाउनमा राखिएको छ।

"यो तस्बिरले वास्तवमै हाम्रो समयबारे बताउँछ," उक्त पुरस्कार संस्थापक क्यारलाइन केन्योनले भनिन्, "विश्व कोभिड-१९ बाट प्रभावित छ र हामी सबैको सामान्य जीवन अवरुद्ध छ।"

"यी रोहिन्ज्या शरणार्थी बालबालिकाले हाम्रो जीवनको नाजुक अवस्थाको स्मरण गराउँछन्। बाँच्नका लागि खानेकुराको आवश्यकताले विश्वभरि हामीलाई जोड्छ। हामी सबै समान छौँ।"

प्रतियोगितामा ७० देशबाट ९,००० तस्बिर सहभागी थिए। निर्णायकमण्डलले अनलाइनमार्फत् विजेता घोषणा गरेको हो।

उक्त कार्यक्रम अनलाइनबाट प्रत्यक्ष प्रसारण गरेर गरिएको थियो। यहाँ उत्कृष्ट ठहरिएका केही तस्बिर प्रस्तुत गरिएको छ।

ब्रिङ होम द हार्भेस्ट: द मोर्निङ क्याच, जे यार लिन, म्यान्मार

माछा मार्नेहरू
तस्बिरको क्याप्शन, म्यान्मारमा यू बीन ब्रिजमा माछा मार्न जाल हाल्दै तीन माझीहरू

फूड ब्लगर्स: ब्लो अफ स्क्वश, एमी ट्विगर, यूके

महिला

फूड फोर द फ्यामिली: ओलेक ईटिङ प्यानकेक्स, एना लोडाशिक, पोलन्ड

बालक
तस्बिरको क्याप्शन, भोक मीठो कि भोजन?

फूड इन द फील्ड: ह्वेन द हाईभ इज फिल्ड, शियाडोङ सन, चीन

माहुरी
तस्बिरको क्याप्शन, मह काँढ्न घारबाट चाका निकालिँदै

फूड स्टाईलिस्ट: ह्यालिबट एन्ड र्‍याडिश, निकोल हेर्फ्ट, यूके

मूला
तस्बिरको क्याप्शन, कलात्मक भोजन

इन्टर्कन्टिनेन्टल फूड एट द टेबल: लूकिङ टू गूड टु ईट, स्यान्डी वूड, यूके

खाना
तस्बिरको क्याप्शन, सम्झनाका लागि

योङ एज्ड १५-१७: बिलीभर्स शेअरिङ अ मील, साङ्जुन ली, भारत

श्राद्ध
तस्बिरको क्याप्शन, पितृको सम्झनामा

मार्क एन्ड स्पेन्सर फूड पोट्रिचर: बेक्ड फिग्ज, लिआम डेब्वा, यूके

फिग
तस्बिरको क्याप्शन, मह, ओखर र अन्जिरको परिकार

योङ एज्ड अन्डर १०: एपल्स, स्कार्लेट ब्लान्च, यूके

स्याउ
तस्बिरको क्याप्शन, स्याउ विक्रीमा छ

श्याम्पेन टेइटिङ्गर वेडिङ फूड फोटोग्राफर: जुस्ट डिजर्ट्स, टमस एलेक्जेन्डर, यूके

विवाह
तस्बिरको क्याप्शन, विवाहमा मिठाई

अन द फोन: हिल्सा, आजिम खान रोनी, बाङ्ग्लादेश

माछा
तस्बिरको क्याप्शन, हिल्सा माछाको थुप्रो

वन भिजन इमेजिङ क्रीम अफ द क्रप: भिनाईग्रेट, काई स्टाइपेल, जर्मनी

पेय
तस्बिरको क्याप्शन, रङ्गीन पेय पदार्थ

पिङ्क लेडी एपल अ डे: क्यारमल लेडी, डायना कोआशिल्क, पोलन्ड

स्याउ
तस्बिरको क्याप्शन, रस चुहाउँदै काटिएको स्याउ

सबै तस्बिर पिङ्क लेडी फूड फोटोग्राफर २०२० ले उपलब्ध गराएका हो