‍तस्बिरमा साता - नेपालदेखि ब्रिटेनसम्म

Published

कोरोनाभाइरस महामारीले पूरै विश्व आक्रान्त भएको बेला विभिन्न स्थानमा खिचिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

बच्चा बोकिरहेकी एक नर्स
तस्बिरको क्याप्शन, इन्डोनेशियाको आचे प्रान्तमा एउटा क्लिनिकमा कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउने पोसाक लगाएर एक नवजात शिशुलाई बोकिरहेकी एक नर्स। इन्डोनेशियामा अहिलेसम्म ५,५०० जनालाई कोभिड-१९ भएको पुष्टि भएको छ भने झन्डै ५०० जनाको मृत्यु भइसकेको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
स्वास्थ्यकर्मीको प्रशंसा
तस्बिरको क्याप्शन, स्वास्थ्यकर्मीको कामको प्रशंसामा झ्यालबाट ताली बजाउँदै प्यारिसका स्थानीय बासिन्दा
कर्णाली प्रदेशको डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाका स्थानीय बासिन्दाहरू नगरपालिकाले उपलब्ध गराएको खाद्यसामग्री उपलब्ध बुझ्दै। कोरोनाभाइरस रोकथामका लागि लकडाउन लगाइएपछि नेपालका विभिन्न स्थानमा खाद्यपदार्थ र उपभोग्य सामग्री पाउन कठिन भएको गुनासो सुनिएको छ।
तस्बिरको क्याप्शन, कर्णाली प्रदेशको डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाका स्थानीय बासिन्दाहरू नगरपालिकाले उपलब्ध गराएको खाद्यसामग्री उपलब्ध बुझ्दै। कोरोनाभाइरस रोकथामका लागि लकडाउन लगाइएपछि नेपालका विभिन्न स्थानमा खाद्यपदार्थ र उपभोग्य सामग्री पाउन कठिन भएको गुनासो सुनिएको छ।
कायरोको बाहिरी भागमा अवस्थित गिजामा नवनिर्मित एउटा सङ्ग्राहलयको प्रयोगशालामा प्राचीन इजिप्टका राजा टुटनकामनको सुनले बनेको शवाधार। टुटनकामनको समाधि सन् १९२२ मा फेला परेको थियो।
तस्बिरको क्याप्शन, कायरोको बाहिरी भागमा अवस्थित गिजामा नवनिर्मित एउटा सङ्ग्राहलयको प्रयोगशालामा प्राचीन इजिप्टका राजा टुटनकामनको सुनले बनेको शवाधार। टुटनकामनको समाधि सन् १९२२ मा फेला परेको थियो।
कौसीबाट डीजेको प्रस्तुति
तस्बिरको क्याप्शन, कोरोनाभाइरसका कारण लगाइएको लकडाउनका बेला स्थानीय मानिसलाई रमाइलो होस् भनेर कौसीबाट साङ्गितिक प्रस्तुति गर्दै नोइल ब्र्यान्डन। उनी डीजे आईएमनोइलका नामबाट चर्चित छन्।
जङ्गलमा आगलागी
तस्बिरको क्याप्शन, चर्नोबल पारमाणविक केन्द्रबाट केही माइलमात्रै टाढाको जङ्गलमा आगो लागेको दृश्य। उक्त केन्द्रमा सन् १९८६ मा विश्वकै सबैभन्दा नराम्रो पारमाणविक दुर्घटना भएको थियो। मङ्गलवार उक्त क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्।
सफाइ गर्दै कर्मचारी
तस्बिरको क्याप्शन, ह्वाइट हाउसको पोडीअम सफा गर्दै एक कर्मचारी। यही मञ्चबाट कोरोनाभाइरसबारे दैनिक ब्रीफिङ हुन्छ।
ओठको चाल देख्न सकिने मास्क
तस्बिरको क्याप्शन, आंशिक र पूर्ण रुपमा कान नसुन्ने मानिसका लागि बनाइएको मास्क लगाएकी एक महिला। फ्रान्सकी यी महिलाले कान नसुन्ने त्यस्ता मानिसले ओठको चालबाट के भनेको बुझ्न सकून् भनेर ओठ देख्न सकिने मास्क बनाउनका लागि पैसा उठाउने अभियान चलाएकी छन्।
प्रहरीले लगाएको बारबाट बाहिर हेर्दै एक मानिस
तस्बिरको क्याप्शन, कोरोनाभाइरसको महामारी सुरु भएको चीनको वुहान सहरमा प्रहरीले लगाएको बारबाट बाहिर हेर्दै एक स्थानीय बासिन्दा। उक्त सहरमा मृत्यु हुनेको सङ्ख्या यो साता ५० प्रतिशतले बढेको अधिकारीहरूले बताएका छन्। तर चीनले भने आफूले यसअघि मृत्यु हुनेको सङ्ख्या नलुकाएको जनाएको छ।
रेलको लिक छेउमा अभ्यास गर्दै मानिसहरू
तस्बिरको क्याप्शन, इन्डोनेशियाको वेस्ट जाभा प्रान्तमा रेलमार्गनजिकै सामाजिक दूरी कायम गरी व्यायाम गर्दै स्थानीय मानिसहरू
केम्ब्रिजशरस्थित न्याश्नल ट्रस्ट विकन फेन नेजर रिजर्भमा रहेका कोनिक प्रजातिका दुईवटा घोडा जुध्दै।
तस्बिरको क्याप्शन, केम्ब्रिजशरस्थित न्याश्नल ट्रस्ट विकन फेन नेजर रिजर्भमा रहेका कोनिक प्रजातिका दुईवटा घोडा जुध्दै।
मास्क लगाएर किनमेल केन्द्र छेउबाट हिँडिरहेकी एक महिला।
तस्बिरको क्याप्शन, प्यारिसमा एउटा किनमेल केन्द्रको छेउबाट मास्क लगाएर हिँडिरहेकी एक महिला।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित