कोरोना भाइरस: यी देश तथा भूभागमा अहिलेसम्म कोभिड-१९ नभेटिनुको कारण के हुन सक्छ

अन्टार्टिका कोरोनाभाइरसमुक्त एक मात्र महादेश हो
तस्बिरको क्याप्शन, एन्टार्क्टिका कोरोनाभाइरसमुक्त एक मात्र महादेश हो
Published

प्रशान्त क्षेत्रको टूभालू द्वीप र पूर्वसोभियत तुर्क्मेनिस्तानमा समानता के छ? यी दुवै गत सातासम्म कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि नभएका देश तथा भूभागमा पर्छन्।

जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोभिड-१९, १८० भन्दा धेरै देश तथा भूभागमा फैलिसकेको छ।

बुधवारसम्म विश्वभरि १४ लाखभन्दा बढी मानिस कोभिड-१९ बाट पीडित भएका र झन्डै ७५,००० जनाको मृत्यु भएको बडताइन्छ। तीन लाख जना निको भएका छन्।

तर विश्वभरि ४० वटा ठाउँमा एउटा पनि सङ्क्रमण भएको पुष्टि भएको छैन।

कोभिड-१९ नभेटिएका स्थान. .  *एप्रिल २, २०२० सम्मको विवरण.

त्यसको कारण के हुनसक्छ?

टूभालूजस्ता द्वीपमा जनसङ्ख्या कम छ र धेरै मानिसको आउजाउ छैन।

केही अरू स्थान भने पर्यटकीय क्षेत्र हुन्। तर विश्वभरि यात्रामा प्रतिबन्ध लागेको हुनाले बाहिरबाट त्यहाँ नयाँ मानिस पुगेका छैनन्।

एकतन्त्री शासन

केही ठाउँमा भने अवस्था केही जटिल छ।

तुर्क्मेनिस्तान दमनकारी शासन भएको एउटा मुलुक हो जसले 'कोरोनाभाइरस' शब्दमा नै प्रतिबन्ध लगाएको छ।

अहिलेसम्म एउटा पनि घटना नदेखिएको बताउने उत्तर कोरियाको औपचारिक धारणमा पनि धेरैको द्विविधा पाइन्छ।

तुर्क्मेनिस्तान दमनकारी शासन भएको एउटा मुलुक हो जसले 'कोरोनाभाइरस' शब्दमा नै प्रतिबन्ध लगाएको छ
तस्बिरको क्याप्शन, तुर्क्मेनिस्तानले 'कोरोनाभाइरस' शब्दमा नै प्रतिबन्ध लगाएको छ

उत्तर कोरिया यस भाइरसबाट उच्च प्रभावित चीन देशनजिकै छ।

त्यहीँबाट यो महामारी विश्वभरि फैलिएको थियो।

गृहयुद्ध

थुप्रै अव्यवस्था र अन्तर्राष्ट्रिय प्रतिबन्धले गर्दा कुनै प्रकोप हुँदा उत्तर कोरियाको स्वास्थ्य प्रणाली सहजै धराशायी हुने अनुमान गरिएको थियो।

अस्थिरताले ग्रसित येमन पनि त्यस्तै स्थितिमा छ।

मध्यपूर्वमा अवस्थित येमनमा अहिले पनि युद्ध जारी छ। त्यसैले गर्दा त्यहाँ सङ्क्रमण परीक्षण र पुष्टि गर्ने काम निकै चुनौतीपूर्ण बनेको छ।

हूथी विद्रोहीहरूसँग सङ्घर्ष गरिरहेको छिमेकी साउदी अरबमा एप्रिल ८ सम्म २,८०० भन्दा धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

मध्यपूर्वी देशमा अहिले युद्ध जारी छ
तस्बिरको क्याप्शन, येमनमा अहिले पनि युद्ध भइरहेको छ

केही अफ्रिकी देशमा पनि अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छैन।

परीक्षण गर्ने सामग्रीको अभावका कारण कोरोनाभाइरस नभेटिएको हुन सक्छ।

एन्टार्क्टिका कोरोनाभाइरसमुक्त एक मात्र महादेश हो। भौगोलिक रूपमा पनि उक्त महादेश बाँकी विश्वसँग पर छ। त्योबाहेक त्यहाँ निकै कम मानिस छन्।

त्यहाँ अन्तर्राष्ट्रिय अध्ययन केन्द्रमा कार्यरत केही मानिसहरू मात्र छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर