उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन 'महत्त्वपूर्ण परीक्षण'

किम जङ-अन
तस्बिरको क्याप्शन, पछिल्ला हप्ताहरूमा उत्तर कोरियाली नेताले अमेरिका विरुद्ध उनका आलोचना बढाएका छन्
Published

उत्तर कोरियाले उसको भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन "महत्त्वपूर्ण परीक्षण" सम्पन्न गरेको त्यहाँको राज्य सञ्चालित मिडिया रिपोर्टमा जनाइएको छ।

एकजना प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा परीक्षण गरिएको थियो। तर उनले थप विवरण दिएनन्।

यो एकहप्ता भन्दा कम समयमा गरिएको दोश्रो परीक्षण हो।

किम जङ अन र डोनल्ड ट्रम्प

अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक कार्यक्रमबारेको वार्ता अहिले ठप्प छ।

'नयाँ बाटो'

प्योङयाङले अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा तोक्दै नयाँ सहुलियहरू दिन भनेको छ र त्यसो नभए उसले 'नयाँ बाटो' अपनाउने बताएको छ।

दक्षिण कोरियाका रक्षा मन्त्रीले डिसेम्बरको सुरुमा जमिनमा आधारित एक इन्जिनको परीक्षण गरिएको बताए।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्दैछ्न। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझ पनि उत्तर कोरियासँग सहमति बन्ने आशा राखेको बताए।

उत्तर कोरिया
तस्बिरको क्याप्शन, उत्तर कोरियाका नेता किम जङ-अनले पछिल्लो परीक्षणबारे मुख खोलेका छैनन्

ट्रम्पले सन् २०१८मा उनले अख्तियार गरेको उनको विदेश नीति एजेन्डा बमोजिम उत्तर कोरियालाई मनाउन उसको पछि लागिरहे पनि, किम जङ-अनसँग दुईपटक शिखर वार्ता गरेपनि र ट्रम्प उत्तर कोरियाली भूमिमै पुगेको भएपनि निरस्त्रीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुन सकेको छैन ।

अमेरिकाले मध्यम दुरीको बलिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरमा बिहीवार परीक्षण गरेको थियो। यो हतियार १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी भनिने सन्धि अन्तर्गत प्रतिबन्ध गरिएको थियो। तर राष्ट्रपति ट्रम्पले गत वर्ष त्यो सन्धिबाट बाहिरिने निर्णय गरेका थिए।

यो पनि पढ्नुहोस्: