१३ तस्बिरमा १३ औँ दक्षिण एशियाली खेलकुद

Published

नेपालमा १३ ‍औँ दक्षिण एशियाली खेलकुद साग आयोजन भइरहेको छ।

शनिवार अपरान्हसम्ममा नेपाल ४२ स्वर्ण पदक जितेर पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा भारत छ।

सात देशका सात हजार खेलकर्मी समावेश सागका तस्बिरहरूबाट हामीले छानेका १३ राम्रा तस्बिरहरू यहाँ प्रस्तुत गरिएका छन्।

कराते
तस्बिरको क्याप्शन, करातेमा नेपालका लागि स्वर्ण पदक जितेपछि भावुक हुँदै सुनीता महर्जन।
गौरिका
तस्बिरको क्याप्शन, पौडीको २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी गौरिका सिंह। उनले शुक्रवारसम्म पौडीमा दुई स्वर्ण जितिसकेकी छन्।
गल्फ
तस्बिरको क्याप्शन, गल्फमा सुवास तामाङले एकल र टिम स्पर्धामा दोहोरो स्वर्ण जितेका छन्।
उसु
तस्बिरको क्याप्शन, उसुको सन्सौ विधाको ५६ केजी तौल समूहमा स्वर्ण जितेपछि खुसी मनाउँदै नेपालकी जुनु राई।
दर्शक
तस्बिरको क्याप्शन, दशरथ रङ्गशालामा फुटबल खेलको बेला दर्शकको बाक्लो उपस्थिति रहेको छ।
दौड
तस्बिरको क्याप्शन, मिलिसेकेन्डको फरक: १०,००० मिटर दौडमा स्वर्ण पदक जितेकी नेपाली खेलाडी सन्तोषी श्रेष्ठ भारतीय खेलाडीभन्दा १० मिलिसेकेन्डले अगाडि रहेकी हुन्।
साम्बा
तस्बिरको क्याप्शन, नेपाल र माल्दिभ्सबीचको महिला फुटबल खेलमा गोल गरेपछि खुशी मनाउँदै नेपालकी सावित्री भण्डारी। सो खेलमा उनले तीन गोल गरेपछि नेपाल ३-० ले विजयी भएको हो।
महिला फुटबल
तस्बिरको क्याप्शन, पोखरामा भइरहेको महिला फुटबलमा भारत र माल्दिभ्सबीचको खेलमा भारत ५-० ले विजयी भएको छ।
म्याराथन
तस्बिरको क्याप्शन, म्याराथनका पदक विजेताहरू: नेपालका किरण सिंह बोगटीले स्वर्ण जितेको स्पर्धामा भारतका रशपाल सिंह र शेर सिंहले रजत र काश्य पदक जिते।
साइक्लिङ
तस्बिरको क्याप्शन, क्रसकन्ट्री साइक्लिङमा नेपालका लागि बुद्धिबहादुर तामाङले स्वर्ण जितेका छन्।
पुन
तस्बिरको क्याप्शन, भारतसँगको भलिबल प्रतिस्पर्धामा नेपालले राम्रो प्रदर्शन गरेपछि उपराष्ट्रपति र खेलकुदमन्त्रीले खुशी साटेका थिए। सो खेलमा नेपाल अन्तिम सेटमा पराजित भएको हो।
महिला भलिबल
तस्बिरको क्याप्शन, महिला भलिबलमा श्रीलङ्कालाई हराएर फाइनलमा पुगेपछि नेपाली खेलाडीहरूको खुसी। नेपाल फाइनलमा भारतसँग ३-२ ले पराजित भएर रजत पदकमा सीमित भएको छ।
उद्घाटन
तस्बिरको क्याप्शन, काठमाण्डूको दशरथ रङ्गशालामा डिसेम्बर १ मा १३ औँ दक्षिण एशियाली खेलकुदको उद्घाटन गरिएको हो।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।