महिला हिंसा विरुद्ध संसारभर भएका प्रदर्शनका झलक

स्पेन
Published

संसारभरका मानिसहरूले सडकमा उत्रिएर महिलामाथि हुने हिंसाको अन्त्यको माग गरेका छन्।

नेपाललगायत मेक्सिको, इटली, टर्की र सुडानजस्ता देशहरूमा विरोध प्रदर्शनहरू आयोजना गरिएका छन्।

महिला हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका दिन सोमवार संसारभर त्यस्तो प्रदर्शन आयोजना गरिएका हुन्।

सन् २०१७ मा संसारभर ८७ हजार महिला र बालिकाहरूको हत्या भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ।

संयुक्त राष्ट्र सङ्घका अनुसार महिला र बालिकाहरूमाथिको हिंसा "आजको विश्वमा सबैभन्दा धेरै फैलिएको र खतरनाक मानव अधिकार हनन्" हो।

मेक्सिकोमा भएको प्रदर्शनको क्रममा झडप समेत भएको छ
तस्बिरको क्याप्शन, मेक्सिकोमा भएको प्रदर्शनको क्रममा झडप समेत भएको छ

ल्याटिन अमेरिकामा ठूला प्रदर्शनहरू भएका छन्। त्यहाँ प्रत्येक दिन औसत १२ जना महिला र बालिकाहरूको हत्या हुने गरेको छ।

चिलीमा महिलाहरूले मुखमा हातको चित्र बनाएर प्रदर्शन गरेका छन्
तस्बिरको क्याप्शन, चिलीमा महिलाहरूले मुखमा हातको चित्र बनाएर प्रदर्शन गरेका छन्
आर्जेन्टिनामा पनि महिलाहरूले मुखमा हातको चित्र बनाएर प्रदर्शन गरेका छन्
तस्बिरको क्याप्शन, आर्जेन्टिनामा पनि महिलाहरूले मुखमा हातको चित्र बनाएर प्रदर्शन गरेका छन्
होन्डुरसमा मारिएका महिलाहरूको सम्झनामा तारमा खेलौना राखेर विरोध गरिएको छ
तस्बिरको क्याप्शन, होन्डुरसमा मारिएका महिलाहरूको सम्झनामा डोरीमा खेलौना झुण्ड्याएर विरोध गरिएको छ
पानामा सिटीमा महिलाहरूले मारिएका महिलाहरूको प्रतिबिम्ब बन्दै विरोध गरेका छन्
तस्बिरको क्याप्शन, पानामा सिटीमा महिलाहरूले मारिएका महिलाहरूको शवको जस्तै अनुकरण गर्दै विरोध गरेका छन्

युरोपेली देशहरूमा पनि प्रदर्शन भएका छन्।

फ्रान्समा गएको वर्ष मारिएका महिलाहरूको सङ्ख्या लेखेर विरोध जनाइएको छ
तस्बिरको क्याप्शन, फ्रान्समा गएको वर्ष मारिएका महिलाहरूको सङ्ख्या लेखेर विरोध जनाइएको छ
टर्कीमा गरिएको प्रदर्शनमा थुप्रै सङ्ख्यामा मानिसहरू सहभागी भएका थिए
तस्बिरको क्याप्शन, टर्कीमा गरिएको प्रदर्शनमा थुप्रै सङ्ख्यामा मानिसहरू सहभागी भएका थिए
ब्रसल्समा गरिएको विरोध प्रदर्शनमा महिलाका जुत्ताहरू राखिएका थिए
तस्बिरको क्याप्शन, ब्रसल्समा गरिएको विरोध प्रदर्शनमा महिलाका जुत्ताहरू राखिएका थिए
नेपालको बुटवलमा गरिएको प्रदर्शनमा दिप प्रज्वलन गरिएको छ
तस्बिरको क्याप्शन, नेपालको बुटवलमा गरिएको प्रदर्शनमा दीप प्रज्वलन गरिएको छ

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।