सुमात्रन गैँडा: मलेशियामा मासियो, संसारमा अब १०० वटाभन्दा कम बाँकी

संसारमा अहिले १०० भन्दा कम सुमात्रन गैँडा बाँकी छन्। यो तस्बिर इन्डोनेशियामा खिचिएको हो
तस्बिरको क्याप्शन, संसारमा अहिले १०० भन्दा कम सुमात्रन गैँडा बाँकी छन्। यो तस्बिर इन्डोनेशियामा खिचिएको हो
Published
पढ्ने समय: १ मिनेट

एउटा सुमात्रन गैँडाको मृत्यु भएपछि मलेशियामा उक्त दुर्लभ प्रजाति लोप भएको छ।

मलेशियाको बोर्नियो द्वीपमा शनिवार इमान नामक २५ वर्षे पोथी गैँडाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उसलाई क्यान्सर भएको थियो।

गत वर्ष मे महिनामा सोही प्रजातिको भाले गैँडा मरेको थियो।

पहिला सुमात्रन गैँडा एशियाभरि पाइन्थ्यो। तर अहिले प्राकृतिक वासस्थानबाट उक्त प्रजाति लगभग लोप हुने स्थितिमा पुगेको छ।

अतिसङ्ककटापन्न मानिएको उक्त प्रजातिका गैँडाको सङ्ख्या संसारभर अहिले १०० भन्दा कम छ।

इमानको मृत्यु प्राकृतिक रूपमै भएको स्थानीय अधिकारीले बताएका छन्।

"मार्च २०१४ मा नियन्त्रणमा लिइएपछि इमानलाई उसको मृत्युपर्यन्त एकदमै राम्रो स्याहारसुसार गरिएको थियो," सबाह प्रान्तकी पर्यटन, संस्कृति र पर्यावरणमन्त्री क्रिस्टिन लिऊले भनिन्।

Presentational white space

वासस्थानको विनाश तथा अवैध सिकारका कारण सुमात्रन गैँडाहरू नराम्ररी प्रभावित भएका छन्।

उक्त प्रजाति विभिन्न स्थानमा सानो सङ्ख्यामा छरिएकाले गम्भीर सङ्कटमा परेको हो।

मलेशियामा सुमात्रन गैँडाको प्रजनन गराउने प्रयास असफल भएको थियो।

Presentational white space

सुमात्रन गैँडाबारे

सुमात्राका द्वीपहरूमा यो प्रजातिका गैँडाहरू छरिएर रहेका छन्d
तस्बिरको क्याप्शन, सुमात्राका द्वीपहरूमा यो प्रजातिका गैँडाहरू छरिएर रहेका छन्
  • अहिले गैँडाका पाँच प्रजाति अस्तित्वमा छन्। तीमध्ये अफ्रिकामा दुई र एशियामा तीन प्रजाति छन्।
  • एशियामा पाइने प्रजातिमा सुमात्रन गैँडा पनि हो। यो अस्तित्वमा भएका गैँडामध्ये सबैभन्दा सानो आकारको हुन्छ।
  • यो प्रजातिको १० हजार वर्षअघि लुप्त भएको भुत्ले गैँडासँग नजिकैको सम्बन्ध छ।
  • यो प्रजाति इन्डोनेशियाको सुमात्राका द्वीपहरूमा छरिएर रहेको छ।
  • अहिले प्राकृतिक वासस्थानमा यसको सङ्ख्या १०० भन्दा कम रहेको बताइन्छ।
Presentational grey line

यो प्रजाति पहिला भुटानदेखि पूर्वोत्तर भारतसम्म, दक्षिण चीन, म्यान्मार, थाईल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, मले प्राय:द्वीप र बोर्नियोमा पनि पाइन्थ्यो।

अहिले यो प्रजाति इन्डोनेशियाको सुमात्रा द्वीपमा सीमित भएको छ र आईयूसीएनले यसलाई अतिसङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ।

इन्डोनेशिया तथा मलेशियामा केही सुमात्रन गैँडाहरू नियन्त्रित वासस्थानमा छन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्लभ गैँडाको सुरक्षामा कुकुर