तराई मधेशमा छठ पर्वको रौनक तथा चहलपहल

Published

छठ पर्वको मुख्य दिन शनिवार अस्ताउँदो र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने चलन छ।

छठ

दीपावली सकिएपछि तराईका मानिसहरू छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त हुन्छन्।

लक्ष्मीपूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ।

तराईका बजारमा छठ पूजाका लागि अनिवार्य रूपमा चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्ने ग्राहकहरूको निकै भिडभाड देखियो।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन्। यो समय माटो तथा बाँसका सामग्री खरीद गर्नेको पनि भिडभाड हुने गरेको छ।

छठ
तस्बिरको क्याप्शन, वीरगन्जमा छठको किनमेलका लागि बजारमा देखिएको चहलपहल
छठ
छठ

छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थाल्छन्।

तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन्।

स्थानीय एफएम रेडिओले पनि छठका गीत बजाउने गरेका छन्।

जनकपुरको गङ्गासागर, धनुषसागर अनि वीरगन्जको घडीअर्वा पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिएको छ।

छठ
तस्बिरको क्याप्शन, धनुषामा छठा लागि विशेष तयारी गरिएको छ
छठ
तस्बिरको क्याप्शन, वीरगन्जको घडीअर्वा पोखरी छठका बेला यसरी सिँगारिन्छ
छठ
तस्बिरको क्याप्शन, छठ पर्व मनाइने स्थल धनगढीको मोहना नदी किनारमा छठी माताको प्रतिमा तयार पार्दै भक्तजनहरू

छठ पूजाको महत्त्व

छठको व्रत बस्दा सफा र चोखो हुनुपर्ने व्रतालुहरू बताउँछन्।

छठ पूजाको विधि केही कठिन भएपनि यसको महत्त्व भने ठूलो हुने भक्तजनहरूको विश्वास छ।

छठ
छठ

सूर्य र जलको शक्ति र महत्त्व झल्काउने यस पर्वमा शुद्ध खानेकुरा खाने गरिन्छ। व्रतालुहरूले षष्ठीको दिन निराहार व्रत बस्ने चलन छ।

छठ

छठ पर्वमा विशेष गरी अस्ताउँदो र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने कुराको विशेष महत्त्व छ।

छठ
तस्बिरको क्याप्शन, छठ पर्व मनाउन कठिन भएपनि यसको निकै महत्त्व रहेको भक्तजनहरूको विश्वास छ
छठ
तस्बिरको क्याप्शन, छठलाई तराई मधेशमा धार्मिक एवं सांस्कृतिक रूपमा एकताको प्रतीक पनि बताइन्छ
कलैया छठ

सांस्कृतिक एकताको आधार बनेको यस पर्वमा तराईका जिल्लाहरूमा मधेशी समुदायले मात्र नभई अन्य समुदायले पनि आस्था र निष्ठाका साथ छठ पर्व मनाउने चलन बढेको देखिन्छ।

छठ
तस्बिरको क्याप्शन, सूर्यको आराधना गरी मनाइने छठ पर्वको अवसरमा शनिवार दमौलीस्थित मादी नदी किनारमा पूजाअर्चना गर्दै महिलाहरू। छठको व्रत महिलाले मात्र नभएर पुरुषले पनि लिन्छन्

तस्बिरहरूको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित छ।