फ्राङ्की जपाटा: पखेटारहित फ्लाईबोर्डमा उडेर पहिलो पटक इङ्ग्लिश च्यानल पार

फ्लाइङ्गबोर्ड
Published

फ्रान्सेली आविष्कारक फ्राङ्की जपाटाले फ्लाईबोर्ड चढेर पहिलो पटक इङ्ग्लिश च्यानल पार गरेका छन्।

चालीस वर्षीय जपाटा आइतवार बिहान जीएमटी ६:१७ बजे साङ्गाटबाट उडेका थिए।

उनले निर्माण गरेको फ्लाई बोर्डमा पाँचवटा टर्बाइन जडान गरिएका छन्। सो उपकरण चलाउन मट्टीतेल प्रयोग हुन्छ।

उक्त फ्लाईबोर्ड १९० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने बताइएको छ।

जपाटा जेटस्कीका भूतपूर्व विजेता हुन्।

फ्लाइङबोर्ड

जपाटाको पहिलो प्रयास विफल भएको थियो।

उडानको बीचमा इन्धन भर्ने कुरामा समस्या उत्पन्न भएपछि गत जुलाईमा उनी लक्ष्यमा पुग्न सकेका थिएनन्।

यसपालि भने ३५.४ किलोमिटरको दुरी पार गर्न ठूलो आकारको डुङ्गा र त्यसमा इन्धन भर्ने व्यवस्था मिलाइएको थियो।

गत महिना प्यारिसमा सम्पन्न एउटा महत्त्वपूर्ण परेडका क्रममा उनले उक्त बोर्ड प्रदर्शन गरेका थिए। त्यसपछि यसको चर्चा चुलिएको थियो।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

फ्लाईबोर्ड उडाउन प्रयोग गरिएको मट्टीतेल चालकले बोकेको झोलामा राखिएको छ।

सो उपकरणको आकार स्केटबोर्डकै जत्रो छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी उड्छन् जपाटा