तियानआन्मेन नरसंहारमा जोडिएका चिनियाँ नेताको निधन

पेङ्ग सन् १९८४ मा नेपाल भ्रमणमा आएका थिए।
तस्बिरको क्याप्शन, प्रधानमन्त्रीका रूपमा पेङ्ग सन् १९८९ मा नेपाल भ्रमणमा आएका थिए।
Published

चीनका पूर्वप्रधानमन्त्री ली पेङ्गको ९० वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

विवरण नखुलेको रोगका कारण सोमवार साँझ लीको निधन भएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

उनी चीनका अन्य शीर्ष पदहरूमा सन् १९८० र १९९० को दशकमा काम गरेका थिए।

तर सन् १९८९ मा बेइजिङको तियानआन्मेन स्क्वाएरमा प्रजातन्त्र पक्षधरहरू माथि भएको दमनका लागि उनी 'बुचर अफ बेइजिङ'को नाममा सबैभन्दा बढि चिनिन्छन्।

सेनाले त्यहाँ सयौं निशस्त्र नागरिकहरूको हत्या गरेको थियो।

तर उनले साँच्चिकै सेनालाई आदेश दिएका थिए वा थिएन भन्ने चाहिँ स्पष्ट छैन।

लीले प्रदर्शन नियन्त्रण गर्नका लागि सैन्य कानुन लगाएका थिए। पछि उनले आफ्नो निर्णयलाई 'अत्यावश्यक' भन्दै बचाउ गरेका थिए।

सन् २०१७ मा सार्वजनिक केही अभिलेखका अनुसार सो घटनामा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको हुन सक्छ।

तर मृत्यु हुने व्यक्तिको सङ्ख्या भने आजसम्म पनि स्पष्ट भएको छैन।

चीनमा शासन गर्ने कम्युनिस्ट पार्टीले सो घटनाको उल्लेख गर्न पनि निषेध गर्ने गरेको छ।

पेङ्ग सन् १९८९ मा नेपाल भ्रमणमा आएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, तियानआन्मेन नरसंहार