२०१९ महिला विश्वकप फुटबल: पुरुषले महिलाबाट के सिक्न सक्छन्?

महिला फुटबल विश्वकप
Published

महिला फुटबल विश्वकपमा थाइल्याण्डको टोलीबारे सोचौँ। उनीहरू १३-० को अन्तरले अमेरिकासँग पराजित भएका थिए, जुन फिफाले आयोजना गर्ने महिला फुटबल खेलको इतिहासमा सर्वाधिक हो।

तर कुनै पनि खेलाडीले त्यसको निराशालाई मैदानमा पोखिन भने दिएनन्।

उनीहरूले अमेरिकी प्रतिद्वन्द्वी सरह पाँचवटा मात्र 'फल' प्रहार गरे, जुन प्रतियोगितामा गरिएको फलमध्ये दोस्रो कम हो।

पुरुषहरूको खेलमा शारीरिक पाटो र अनुशासन निकै ठूलो मुद्दामध्ये एक मानिन्छ।

प्रदर्शन

सन् २०१८ को विश्वकपमा सबैभन्दा 'राम्रो' प्रदर्शन गर्ने जर्मन टोली थियो। उक्त टोलीले तीनवटा खेलमा २९ पटक फल खेलेको थियो।

महिला फुटबल विश्वकप

त्यति मात्रै होइन महिलाहरूको विश्वकप प्रतियोगितामा पहेँलो कार्ड र रातो कार्डको सङ्ख्या पनि कम छ।

तर यसो हुनुमा पुरुष फुटबल प्रतियोगितामा ३२ टिम सहभागी हुनु र महिलाहरूको प्रतियोगितामा भने २४ वटा मात्र टिम सहभागी हुनुको भूमिका त्यति धेरै छैन।

सन् २०१५ को महिला विश्वकप फुटबल प्रतियोगितामा कुल ११५ पहेँलो र दुईवटा रातो कार्ड देखाइएको थियो।

त्यसले खेल मैत्रीपूर्ण मात्रै नभएर रेफरीसँग खेलाडीहरूको विमति कम रहेको समेत देखाउँछ।

सन् २०१८ मा रुसमा भएको विश्वकप फुटबलमा २१९ वटा पहेँलो कार्ड र चारवटा रातो कार्ड देखाइएको थियो। समूह चरणका खेलहरूमा प्रतिखेल २७ पटक फल भएका थिए।

फिफाले पुरुष फुटबलजस्तै महिला फुटबलबारे तथ्याङ्क उपलब्ध गराउँदैन।

तर हालै मात्र सम्पन्न भएको विश्वकप प्रतियोगितामा पुरुष र महिला टोलीका विजेताका (फ्रान्स र अमेरिका) सातवटा खेलहरू हेर्ने हो भने फलको सङ्ख्यामा समानता देखिन्छ।

महिला फुटबल विश्वकप

तर पुरूष र महिला खेलाडीहरू एकअर्कासँग ठोकिएको वा जुधेको अवस्थामा कति पटक भुइँमा पल्टिन्छन भन्ने कुरामा भने भिन्नता देखिन्छ।

सन् २०११ मा वेक फरेस्ट विश्वविद्यालयले गरेको एउटा अध्ययनले त्यस्ता घटनामा महिला भन्दा पुरुषहरू घाइते भए जस्तो गर्ने सम्भावना दोबर रहने निष्कर्ष निकालेको थियो।

तर साँच्चिकै घाइते हुने सङ्ख्या भने आठ प्रतिशतभन्दा कम रहेको अध्ययनले देखाएको थियो।

स्पष्ट रूपमा रगत बगेको देख्न सकिने र घाइते भएको पाँच मिनेटभित्र मैदानबाट बाहिरिएका खेलाडीहरूलाई मात्रै साँच्चिकै घाइते भएको भनेर सूचीकृत गरिएको थियो।

महिलाहरूको हकमा भने त्यस्तो प्रतिशत १४ रहेको थियो।

डाक्टर ड्यारल रोसम्बाउमले नेतृत्व गरेको एउटा टोलीले भने उक्त निष्कर्षलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिने बताएको छ।

महिला फुटबल विश्वकप

"पुरुष खेलाडीहरूको शरीर ठूलो हुन्छ र उनीहरू बेसरी दौडिन्छन् जसकारण अरूसँग ठोकिने सम्भावना बढी हुन्छ। त्यसैकारण केही क्षण निकै दुखे पनि मैदानबाट बाहिरिनुपर्ने अवस्था भने नहुन सक्छ," अनुसन्धानकर्ता लेख्छन्।"

"अर्कोतर्फ मैदानमा त्यस्ता घटना धेरै हुनु र अत्यधिक पीडा भएको देखाउनाले रेफरीलाई प्रभाव पार्न सक्ने अवसर पनि हुन सक्छ।"

महिला खेलाडीहरू पनि रेफरीलाई झुक्याउने गतिविधिमा सामेल हुने कुराबाट धेरै टाढा नरहेको उक्त अध्ययनको निष्कर्ष छ।

अनुभवमा आधारित प्रमाणहरूले पनि यस्तो देखाउँछ: सन् २०१५ को महिला विश्वकप क्वाटर फाइनलमा जर्मनी र फ्रान्सको खेलका क्रममा फ्रान्सकी एकजना खेलाडी क्लेयर लाभोगेज विपक्षी टोलीको 'बक्स' नजिकै लडेकी थिइन्।

त्यो लडाइँ यति कमजोर रूपमा प्रस्तुत गरिएको थियो कि खेलाडीका तर्फबाट गरिएको अपिल अस्वीकार गर्दै रेफरीले खेल जारी राखेका थिए।

महिला फुटबल विश्वकप

"मलाई के लाग्छ भने महिलाहरूलाई खेलको त्यो पाटो त्यति धेरै मन पर्दैन," अमेरिकी टोलीकी पूर्वकप्तान जुली फौडीले भनिन्।

"तर अर्को पक्षबाट हेर्दा मलाई के पनि लाग्छ भने महिलाहरूले खेल हेर्ने क्रम बढ्दै गएपछि र खेलको दाउ बढ्दै गएपछि स्थिति बदलिने छ र फल खेल्ने प्रचलन बढ्दै जानेछ।"

लाभोगेजको सन्दर्भमा भने आफ्नो कर्मको फल उनले तत्काल पाइन्: उनले गरेको पेनाल्टी प्रहार गोलमा परिणत हुन सकेन जसले गर्दा जर्मनीले खेल जित्यो।