सगरमाथा आरोहण: चुचुरोमा पुग्ने दिनको पर्खाइमा आधार शिविरमा आरोहीहरू

Published

सगरमाथा आधार शिविर अहिले 'पालको सहर' बनेको छ। यो वर्ष वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर आरोहण गर्न अनुमति लिएका झन्डै ३७५ पर्वतारोही र तिनका पथप्रदर्शक तथा सहयोगीसमेत दुई हजार व्यक्तिहरू आधार शिविरमा भेला भएका छन्।

सगरमाथा
Presentational white space

नेपालमा सगरमाथाको दक्षिण मोहडापट्टि झन्डै ५,३८० मिटरको उचाइमा आधार शिविर छ। शिखर आरोहणको प्रयास गर्नुभन्दा केही हप्ताअघिदेखि पर्वतारोहीहरू आधार शिविरमा बसेर उच्च स्थानको हावापानीसँग अनुकूल हुन्छन्।

सगरमाथाको आधार शिविर
Presentational white space
सगरमाथा
तस्बिरको क्याप्शन, सर्वोच्च शिखरको आरोहणको प्रयास गर्नुअघि पर्वतारोहीहरू आधार शिविरबाट माथिल्ला शिविरसम्म जाने र फर्किने गर्छन्
Presentational white space
सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्य
सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्य
तस्बिरको क्याप्शन, यसपालि नेपाल सरकारले नापी विभागका अधिकारीको नेतृत्वमा सगरमाथाको उचाइ मापन गर्न एउटा प्राविधिक टोली पठाएको छ
Presentational white space

यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमशिखर चढ्न झन्डै ८०० आरोहीले अनुमति लिएका बताइएको छ।

सगरमाथा
Presentational white space
सगरमाथा

सगरमाथाका लागि मात्रै पाँचवटा नेपाली र ३५ वटा टोलीले आरोहणको अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको अधिकारीहरूले बताएका छन्।

Presentational white space
सगरमाथा
Presentational white space

गत हप्ता बङ्गालको खाडीमा उत्पन्न भएको समुद्री आँधी फणी उत्तरतिर सर्दा नेपालका हिमालमा पनि ठूलो हिमपात भएको थियो। शक्तिशाली हावाहुरीले सगरमाथाको माथिल्लो शिविरमा सामान राख्न बनाइएका पालहरू उडाएको थियो।

सगरमाथा
Presentational white space
समुद्री आँधी फणीको प्रभाव
Presentational white space

समुद्री आँधीको प्रभावका कारण हिमालमा जोखिम हुने भन्दै पर्वतारोहीलाई सुरक्षित ठाउँमा बस्न भनिएको थियो।

सगरमाथा
Presentational white space
सगरमाथा
Presentational white space

तर पछि मौसममा सुधार भयो। फेरि पर्वतारोहीहरू आरोहणको अभ्यासमा जुटेका छन्।

सगरमाथा
Presentational white space

सबै तस्बिरको प्रतिलिपि अधिकार उल्लेख गरिएका व्यक्तिहरूसँग सुरक्षित छन्।