भेनेजुएला सङ्कट: सैन्य विद्रोह असफल भएपछि विपक्षी नेता ग्वाइदोका सहायक कराकसमा पक्राउ

एड्गारलाई साम्ब्रानोलाई पक्राउ गरिँदै
Published
पढ्ने समय: ३ मिनेट

भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ।

एद्गार साम्ब्रानो देशको संसद्का उपाध्यक्ष हुन्। पक्राउ गर्न लाग्दा उनी गाडीबाट ओर्लन नमानेपछि गाडीलाई नै तानेर उनलाई कारागार लगियो।

गत महिना राष्ट्रपति निकोलास मदुरोविरुद्ध सैन्य विद्रोह गराउने प्रयासपछि साम्ब्रानो पक्राउ पर्ने पहिलो विपक्षी नेता हुन्।

अमेरिकासमेत ५० राष्ट्रले ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन्।

तर मदुरोलाई रुस, चीन र भेनेजुएलाको सेनाको समर्थन छ र उनले सत्ता छाड्न अस्वीकार गर्दै आएका छन्।

कसरी गरियो पक्राउ?

डेमोक्र्याटिक एक्शन पार्टीका नेता कार्लोस प्रोस्पेरीले सेबिन भनिने गुप्तचर निकायले साम्ब्रानोलाई पक्राउ गर्नुभन्दा केही बेरअघि राजधानी कराकसमा आयोजित पार्टीको एउटा बैठकमा आफू उनीसँग भएको बताएका छन्।

"गाडी घेरियो," उनले भने, "उनीहरूले हामीलाई उनी (साम्ब्रानो) भएको ठाउँमा जान दिएनन्। उनीहरूले गाडी तान्ने ट्रक ल्याए र उनको गाडीलाई तानेर लगियो।"

ग्वाइदो (दाहिने) साम्ब्रानोसँग कुरा गर्दै
तस्बिरको क्याप्शन, ग्वाइदो (दाहिने) साम्ब्रानोसँग कुरा गर्दै

साम्ब्रानोलाई एल एलिकोइद जेलमा राखिएको हुन सक्ने उनको भनाइ छ।

प्रोस्पेरीले भने, "हामीलाई उनी कस्तो स्थितिमा छन् र एल एलिकोइदमा के हुँदैछ भन्ने थाहा छैन।"

ग्वाइदोले पनि वरिष्ठ नेता पक्राउ परेकोबारे ट्वीट गरेका छन्। उनले गाडी तानेर लैजानुलाई "मूर्खता" भनेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

देशको सर्वोच्च अदालतले साम्ब्रानो र संसद्का अन्य छ उपाध्यक्षलाई असफल भएको सैन्य विद्रोहमा सहभागी भएको आरोपमा देशद्रोहको मुद्दा चलाउन आदेश दिएको भोलिपल्ट उनलाई पक्राउ गरिएको हो।

मदुरोलाई समर्थन गर्ने संविधानसभाका प्रमुखले "विद्रोहका एक मुख्य षड्यन्त्रकारी" पक्राउ परेको र उनीहरूविरुद्ध मुद्दा चलाइने सरकारद्वारा सञ्चालित टेलिभिजनलाई बताए।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

साम्ब्रानोको ट्विटरमा पनि उनी पक्राउ परेकोबारे लेखिएको छ।

गत हप्ताको सङ्घर्षपछि के भयो?

मे १ मा सरकार तथा विपक्षी समर्थकहरूले राजधानीमा प्रदर्शन गरे। सुरुमा ती प्रदर्शन शान्तिपूर्ण नै थिए।

तर पछि गोली चलेको विवरण आउन थाल्यो। त्यही दिन एक व्यक्तिको गोली लागेर मृत्यु भएको बताइएको छ।

सरकार र विपक्षी दुवै पक्षले आफ्ना समर्थकलाई सडक तताउन आह्वान गरेका छन्।

मङ्गलवार ग्वाइदोले मदुरोलाई सत्ताच्युत गर्ने अभियानको "अन्तिम चरण"को घोषणा गरे।

"वीर सैनिकहरू"को समर्थन आफूसँग भएको उल्लेख गर्दै उनले सैन्य पोसाक लगाएका मानिसहरूसँग खिचिएको आफ्नो भिडिओ सामाजिक सञ्जालमा हाले। उनले भेनेजुएलावासीलाई सडकमा आउन आह्वान गरे।।

गत जेनुअरी महिनामा ग्वाइदोले आफूलाई देशको अन्तरिम नेता घोषण गरेका थिए। विपक्षीको नियन्त्रणमा रहेको संसद्‌को प्रमुखका हैसियतमा उनले अन्तरिम राष्ट्रपति बन्ने संविधानको प्रावधान क्रियाशील बनाएका थिए।

उनले गत वर्ष मदुरो अवैधानिक रूपमा पुन: निर्वाचित भएको तर्क गरेका थिए।

आइतवार बीबीसीसँग कुरा गर्दै उनले अमेरिकालाई सैन्य हस्तक्षेप गर्न आग्रह गर्न सक्ने बताएका थिए।

पहिला के भएको थियो?

मदुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्छन्।

भेनेजुएला
Presentational white space

ग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रप्रमुख घोषणा गरेसँगै उनको सम्पत्ति रोक्का गरिनुका साथै देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो।

तर त्यसलाई उल्लङ्‍घन गर्दै मानवीय सहायता भित्र्याउने तथा मदुरोविरुद्धको आन्दोलनका लागि समर्थन जुटाउने उद्देश्य लिएर ग्वाइदो फेब्रुअरी महिनामा ल्याटिन अमेरिकी देशको भ्रमणमा गएका थिए।

ग्वाइदो
Presentational white space

उनी पक्राउ पर्न सक्ने जोखिममाझ मार्च महिनाको पहिलो साता स्वदेश फर्किए।

ग्वाइदो स्वदेश फर्कनुअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै मदुरो प्रशासनलाई सचेत गराएका थिए।

के हो भेनेजुएलाको सङ्कट?

चरम आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलामा राजनीतिक सङ्कट पनि थपिएको छ।

केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि त्यहाँको राजनीतिक सङ्कट झन् जटिल बनेको हो।

ह्युगो चाभेजको मृत्युपछि राष्ट्रपति निर्वाचित मदुरोको यो दोस्रो कार्यकाल हो।

तर उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ।

चर्को मुद्रास्फीति, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्।

राष्ट्रपति मदुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए। तर भेनेजुएलाका सैन्य फौजले मदुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका थिए।

गुएइदो
तस्बिरको क्याप्शन, अमेरिका र अन्य पश्चिमा राष्ट्रले ग्वाइदोलाई समर्थन गरेका छन्
Presentational white space

भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि ग्वाइदोले आफूलाई अन्तरिम नेता घोषणा गरेका थिए।

मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्। विदेशीको चलखेल गराएर गुआइदोले आफ्नो सत्ता हत्याउन खोजेको आरोप उनले लगाएका छन्।

उनले देशमा गृहयुद्ध हुन सक्ने चेतावनी उनले दिने गरेका छन्।

राष्ट्रसङ्घीय शरणार्थी नियोगका अनुसार केही महिनाअघि भेनेजुएलामा सङ्‍कट चुलिएपछि लाखौँ मानिसहरूले खाद्‍यान्न र औषधिको खोजीमा देश छाडेको थिए।

मदुरो

त्यहाँ महँगी धेरै गुणाले बढेको छ।

त्यसैले पेट्रोलियम पदार्थमा धनी देश भएर पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ।