जुलिअन असान्ज: विकिलिक्स संस्थापक लन्डनमा पक्राउ

असान्ज
Published
पढ्ने समय: २ मिनेट

अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको बताइएको छ।

सतचालीस वर्षीय असान्जले सात वर्षअघि उक्त राजदूतावासमा शरण लिएका थिए।

यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा स्वीडेन सुपुर्दगी गरिनबाट जोगिन उनी सन् २०१२ देखि एक्वेडोरको दूतावासमा बसिरहेका थिए।

तर उनीविरुद्ध त्यस्तो मुद्दा फिर्ला लिइसकिएको छ।

लन्डनको मेट्रोपोलिटन प्रहरीले जनाएअनुसार जुलिअन असान्जलाई हिरासतमा लिइएको छ र उनलाई वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा "चाँडोभन्दा चाँडो" प्रस्तुत गरिनेछ।

उनलाई अदालतसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि त्यसरी पक्रन परेको प्रहरीले बताएको छ।

के छ प्रतिक्रिया?

एक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले भने जुलिअन असान्जले बारम्बार अन्तर्राष्ट्रिय मान्यताहरू उल्लङ्घन गरेपछि उनलाई दिइएको शरणार्थीको मान्यता फिर्ता लिइएको हो।

असान्ज

तर विकिलिक्सले ट्वीट गर्दै एक्वेडोरले असान्जको राजनीतिक शरणार्थीको ‍मान्या रद्द गर्ने कार्य गैरकानुनी भएको बताएको छ र त्यो "अन्तर्राष्ट्रिय कानुन विपरीत भएको" भनेको छ।

ब्रिटिश गृहमन्त्री साजिद जाविदले ट्विटरमा भनेका छन्, "जुलिअन असान्ज प्रहरी हिरासतमा रहेको भन्ने म पुष्टि गर्छु र उनले यूकेमा कानुनको सामना गर्नुपर्नेछ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

असान्जले यसअघि एक्वेडोरको दूतावास छाड्न अस्वीकार गरेका थिए।

आफूले त्यसो गरेमा विकिलिक्सको गतिविधिका बारेमा सोधपुछ गर्न अमेरिका सुपुर्दगी गर्न सकिने उनको दाबी थियो।

असान्ज

स्कटल्यान्ड यार्डले आफूहरूलाई एक्वेडोरका राजदूतले नै दूतावास परिसरमा आमन्त्रण गरेको बताएको छ।

यूकेका विदेशमन्त्री सर एलन डन्कनले "दुई देशबीच गहन वार्तापछि" त्यस्तो गिरफ्तारी सम्भव भएको बताएका छन्।