हावाहुरीपछि खण्डहरजस्तो देखिएका गाउँ: तस्बिरहरू

Published

आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको छ। बेलुकी आधा घण्टा चलेको हावाहुरीले बाराको पुरैनिया, भरबलिया लगायतका गाउँहरूमा वितण्डा मच्चाएको थियो।

सोमवार बिहान उद्वार र राहत कार्य हुदै गर्दा गाउँहरू खण्डहरजस्ता देखिएका थिए।

हावाहुरी
तस्बिरको क्याप्शन, हावाहुरीका कारण खासगरी बाराका चैनपुर, भरवलिया, फेटा र पुरैनिया खण्डहरमा परिणत भएजस्तो देखिएको पीडितले बताएका छन्
हावाहुरी
तस्बिरको क्याप्शन, हावाहुरी र असिना रोकिएपछि उद्धार कार्यमा जुटेका सुरक्षाकर्मीको मानिसहरूले मुक्तकण्ठले प्रशंसा गरिरहेको हाम्री संवाददाता माधुरी महतोले बताएकी छन्
हावाहुरी
तस्बिरको क्याप्शन, हावाहुरीका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी असर परेको बताइएको छ
हावाहुरी
तस्बिरको क्याप्शन, खासगरी फुसका घरहरूमा धेरै क्षति भएपछि त्यस्ता घर भएकाहरू घरवारविहीन हुन पुगेका छन्
हावाहुरी
तस्बिरको क्याप्शन, घाइतेको सङ्ख्या धेरै भएपछि अस्पतालमा सय्या अभावमा भुइँमै राखेर उपचार गरिँदैछ
हावाहुरी
तस्बिरको क्याप्शन, स्थानीयवासिन्दाका अनुसार हावाहुरी यति शक्तिशाली थियो कि त्यसले कच्ची मात्रै नभई पक्की घर पनि भत्काएको थियो
हावाहुरी
तस्बिरको क्याप्शन, हावाहुरीले घरभित्रका भाँडाकुँडा छताछुल्ल बनाएपछि खाना पकाएर खाने अवस्था नरहेको पीडितले बताएका छन्
हावाहुरी
तस्बिरको क्याप्शन, हावाहुरीका कारण ज्यान गुमाएका मानिसहरूलाई छिमेकीले सान्त्वना दिने गरेका छन्
हावाहुरी
तस्बिरको क्याप्शन, भौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि पीडितहरूले भकारीमा भएका धान लगायतका अन्न छरिएको बताएका छन्