क्राइस्टचर्च मस्जिद आक्रमण: न्यूजिल्यान्डमा बाङ्ग्लादेशी क्रिकेट खेलाडीहरू 'भाग्यले जोगिए'

बाङ्ग्लादेशी क्रिकेट खेलाडी
Published
पढ्ने समय: २ मिनेट

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले डरलाग्दो आक्रमण गर्दा बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू नजिकै पुगेका थिए।

न्यूजिल्यान्ड भ्रमणमा रहेको टेस्ट क्रिकेटको टोलीका १७ खेलाडी शुक्रवार हुने साप्ताहिक प्रार्थना गर्न बस चढेर अल नूर मस्जिद जाँदै थिए। तर आक्रमण भएको सूचना पाएपछि उनीहरू भित्र छिरेनन् र जोगिए।

बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किएको र आफ्नो सम्पर्कमा रहेको जनाएको छ।

ढाकाबाट बीबीसी संवाददाता अकबर हुसेन भन्छन् - नजिकै अभ्यास गरेर टोली मस्जिदमा जाँदै गर्दा उनीहरूलाई घटनाबारे चेतावनी दिइयो र उनीहरू नजिकैको बगैँचातिर भागे।

न्यूजिल्यान्डकी प्रधानमन्त्रीले "आतङ्ककारी घटना" भनेको सो आक्रमणमा परेर कम्तीमा ४९ जनाको ज्यान गइसकेको छ भने २० जनाभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्। तीमध्ये कम्तीमा तीन जना बाङ्ग्लादेशी मूलका भएका विवरणहरू प्राप्त भएका छन्।

आक्रमणकारीले तारो बनाएका अल नूर मस्जिदमा ४१ जना र लिनउड मस्जिदमा आठ जनाको मृत्यु भएको थियो।

'भाग्यमानी'

बाङ्ग्लादेशी टोलीका प्रबन्धक खालिद मशुदका अनुसार मस्जिदमा आक्रमण हुँदा टोली डेढ सय फिट पर थियो।

तीन वा चार मिनेट पहिला मस्जिद पुगेको भए आफूहरू पनि सो आक्रमणमा पर्ने र भाग्यले जोगिएको उनी बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मस्जिदमा आक्रमण

"हामीले आतङ्कको त्यस्तो क्षण कहिल्यै देखेका थिएनौँ।"

सबै घटना आफूलाई चलचित्रको जस्तो लागेको बताउँदै उनी भन्छन्, "कहीँ पनि त्यस्तो आक्रमण होला भन्ने हामीलाई लागेको थिएन्। हाम्रा १७ खेलाडी त्यहाँ थिए, दुई जना होटलमै बसेका थिए।"

टोलीका सदस्य मुश्फिकर रहिमले सो घटनामा अल्लाहले आफूहरूलाई जोगाएका र आफूहरू एकदमै भाग्यमानी भएको ट्विटरमा लेखेका छन्।

टोलीका केही सदस्यहरू पत्रकार सम्मेलनमा गएकाले सबै जना सँगसँगै मस्जिद जान ढिलो भएको बताइएको छ। अन्यथा उनीहरू त्यतिबेला मस्जिदभित्र हुने थिए।

टोलीसँगै ईएसपीएनका बाङ्ग्लादेश संवाददाता मोहम्मद इसाम पनि थिए।

उनी भन्छन्, "हामी उद्यान हुँदै भाग्यौँ र चौरमा सुरक्षित रूपमा फर्क्यौँ।" उनका अनुसार उनीहरूले त्यहाँ एक घण्टा बिताए।

"खेलाडीहरूले गोली चलेको सुने, उनीहरूले मानिसहरू ढोकाबाहिर लडेको र बसमुनि लुकेको देखे।"

क्राइस्टचर्च
क्राइस्टचर्च

बाङ्ग्लादेशी र न्यूजिल्यान्डका टोलीहरूबीच शनिवारदेखि खेल हुने योजना थियो। तर घटनापछि त्यो स्थगित भएको छ।

यसअघि बाङ्ग्लादेशी टोलीका सदस्यहरूले पनि आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका थिए।

मुश्फिकर रहिमले पनि सो घटनामा अल्लाहले आफूहरूलाई जोगाएको र आफूहरू एकदमै भाग्यमानी भएको ट्विटरमा लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दु:ख व्यक्त गरेका छन्।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले बाङ्ग्लादेशी टोलीप्रति सहानुभूति प्रकट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

पाकिस्तानका पूर्वखेलाडी शाहिद अफ्रिदीले क्राइस्टचर्चमा भएको घटनाप्रति दु:ख प्रकट गर्दै बाङ्ग्लादेशी टोली सुरक्षित रहेको थाहा पाउँदा आफूलाई राहत अनुभूति भएको जनाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space