भारतमा अभिनन्दन वर्तमानको जस्तो जुङ्गा बनाउने होड

अभिनन्दन वर्तमानको जस्तो दाह्री-जुङ्गा बनाउन खोजिरहेका तेजस चौधरी
Published
पढ्ने समय: ३ मिनेट

पाकिस्तानले हालै पक्रेर छाडिदिएका भारतीय सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानको चर्चा भारतभरि 'राष्ट्र नायक'का रूपमा छ।

त्यतिखेरै भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्।

पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाएका थिए।

शुक्रवार साँझ स्वदेश फर्कँदा उनलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तामझामपूर्ण स्वागत गरिएको थियो।

उनी सामाजिक सञ्जालहरूमा यतिधेरै चर्चित भए कि धेरै भारतीयले उनको जस्तो दाह्री-जुङ्गा हुनुलाई साहसको प्रतीकका रूपमा लिन थाले।

शैली

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

दूग्ध ब्राण्ड 'अमुल'ले समेत उनको दाह्री-जुङ्गाको प्रसिद्धि जोडिने विज्ञापन भिडिओ सार्वजनिक गर्‍यो।

उक्त ब्राण्ड सामाजिक सञ्जालहरूमा प्रसिद्धि बटुलिरहेका शैली र विषय समातेर विज्ञापन बनाउने शैलीका लागि प्रसिद्ध छ।

तर ह्यान्डलबार भनिने यो घुमाउरो शैलीको जुङ्गा भारतमा असामान्य मानिँदैन।

तिनमा धेरैले बलिवूडका खलनायक पात्र, अभिमानी सेना वा प्रहरी एवम् कुख्यात तस्करको झल्को देख्थे।

अभिनन्दन वर्तमान

धेरैजसो नकारात्मक अर्थमा अल्झेको यो शैलीको समेत पछिल्ला केही दिनमा उद्धार भयो जब यो साहस र देशप्रेमको पर्यायवाचीको रूपमा देखिन थाल्यो।

सम्मान

कतिसम्म भयो भने दक्षिण भारतको एउटा शहर बैङ्लोरको एउटा कपाल काट्ने पसलले अभिनन्दन वर्तमानको जस्तो कपाल र दाह्री-जुङ्गा बनाउन चाहनेलाई गत सोमवार पैसा नै लिएन।

ती पसलका मालिका ननेश ठाकुरले बीबीसीलाई भने, "अभिनन्दनले हाम्रो देशको लागि निकै धेरै गरेका छन्। मलाई लाग्यो मैले थुप्रै मुहारहरूलाई उनको जस्तै बनाउने प्रयास गर्नुपर्छ।"

उनको उत्साह भने सोचेजस्तो रहेन- अथवा भनौंँउनले नसोचेको आराम पाए- जब उनीसामु आउने तिनजना मात्र अभिनन्दनको जस्तो दाह्री-जुङ्गा बनाउन योग्य ठहरिए।

अभिनन्दन वर्तमान

त्यस्तै शैली बनाउन सफल एकजना एम्बुलेन्स चालक नविन कुमारले भने, "उनी साँच्चिकै नायक हुन्। त्यसैले मैले पनि त्यस्तै बनाउन चाहेँ।"

धेरै लामो दाह्री-जुङ्गा नहुँदा अभिनन्दनको जस्तै देखिन नसकेकाहरूको मोह चाहिँ सेनाहरूको आम जुङ्गाशैली पछ्याउन खोजेका देखिन्थे।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

र थुप्रैले त्यस्ता तस्बिरहरू सामाजिक सञ्जालमा राखेर अभिनन्दनबाट आफू प्रभावित भएको बताएका थिए।

रातारात प्रशिद्धि

यति धेरै प्रसिद्धि बटुलेका अभिनन्दनललाई अधिकांश भारतीयले पहिलोपटक भने २७ फेब्रुअरीमा मात्र देखेका थिए।

जतिखेर पाकिस्तानको सूचना मन्त्रालयले रगताम्मे देखिने उनको भिडिओ पहिलोपटक ट्वीट गरेर पछि हटाएको थियो।

दोस्रो भिडिओमा चाहिँ उनी चियाको चुस्की लिइरहेका थिए।

अभिनन्दन वर्तमान

उनको आँखामा पट्टी पनि थिएन र उनको मुहारमा त्यसअघि देखिएको रगत समेत पुछिएको थियो।

आफ्नो नाम, दर्जा र आफू दक्षिण भारतको भएको बताएका उनले पाकिस्तानपट्टि छिर्नुको उद्देश्य सोधिँदा भने 'आफूले त्यो बताउन नसक्ने' भनेका थिए।

उनको त्यस गुणलाई 'साहस' र 'स्थिर स्वभाव' भन्दै धेरै भारतीयहरूले प्रशंसा गरेका थिए।

अभिनन्दन वर्तमान

र ट्वीटर तथा फेसबुकमा उनलाई फिर्ता ल्याउनुपर्ने प्रार्थना र दबावमिश्रित अभियान नै चलेको थियो।

शुक्रवार दुवै देशका पञ्जाब प्रान्त जोडिने वागा बोर्डरमा भारतीय अधिकारीले अभिनन्दनलाई स्वागत गरिरहँदा राजधानी दिल्लीमा आतसबाजी गरिएको थियो।

त्यहीँ सीमाको भारततर्फ भारतीय झण्डा र उनको तस्बिर बोकेर घण्टौँ कुरेका मानिसहरूले उनलाई राष्ट्र नायक भन्दै स्वागत गरेका थिए।