'सुपर ब्लड वुल्फ मुन'का मनमोहक तस्बिरहरू

ब्रसेल्समा देखिएको 'सुपर ब्लड वुल्फ मुन'
तस्बिरको क्याप्शन, ब्रसेल्समा देखिएको 'सुपर ब्लड वुल्फ मुन'
Published
Presentational white space

विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूले आइतबार विरलै देखिने रातो रङको 'सुपर ब्लड वुल्फ मुन' चन्द्रग्रहण हेरेका थिए।

उक्त पूर्ण चन्द्रग्रहणको बेला चन्द्रमा सामान्यभन्दा बढी रातो, उज्यालो र पृथ्वीको नजिक देखिएको थियो।

पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देखिएको थियो। यूकेका केही ठाउँहरुमा भने बादलले छेकेको थियो।

अब अर्को चन्द्रग्रहण सन् २०२१ मा मे २६ का दिन देखिने छ।

अमेरिकाको न्यू योर्क राज्यको सिराक्युज विश्वविद्यालयका सहायक प्राध्यापक वाल्टर फ्रिम्यानले भने, "पृथ्वीको वायुमण्डलबाट छरिएको थोरै सूर्यको प्रकाश चन्द्रमामा पुग्न जान्छ। त्यो फेरि पृथ्वीको धार वरिपरि वाङ्गिन जान्छ। त्यस्तो बेला देखिने रातो प्रकाश चन्द्रमामा पर्न गएको हामीले स्पष्ट रूपमा देख्न सक्छौँ।"

स्पेनमा देखिएको पूर्ण चन्द्रग्रहण
तस्बिरको क्याप्शन, स्पेनमा देखिएको पूर्ण चन्द्रग्रहण
अमेरिकाको क्यालिफोर्नियाबाट देखिएको पूर्ण चन्द्रग्रहण
तस्बिरको क्याप्शन, अमेरिकाको क्यालिफोर्नियाबाट देखिएको पूर्ण चन्द्रग्रहण
Presentational white space

सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि बढ्दै गर्दा यस्तो खालको ग्रहण देखिन्छ।

यस्तो बेला सूर्य पृथ्वीको पछाडि पर्न जान्छ र चन्द्रमा पृथ्वीको छायाभित्र जाने गर्दछ।

Presentational white space
पानामा सिटिबाट देखिएको 'सुपर ब्लड वुल्फ मुन'का चरणहरु
तस्बिरको क्याप्शन, पानामा सिटिबाट देखिएको 'सुपर ब्लड वुल्फ मुन'का चरणहरु
Presentational white space

पूर्ण चन्द्रग्रहणलाई 'सुपर ब्लड वुल्फ मुन'को संज्ञा दिनुको पछाडि भने कारण छ।

'सुपर' भन्नाले चन्द्रमा पृथ्वीको धेरै नजिक आउने अवस्था र त्यसैकारण चन्द्रमा सामान्यभन्दा निकै ठूलो देखिने अवस्था हो।

जनवरी महिनामा पर्ने पूर्णिमालाई चाहिँ 'वुल्फ' भन्ने गरिएको छ।

Presentational white space
यूकेबाट देखिएको 'सुपर ब्लड वुल्फ मुन'
तस्बिरको क्याप्शन, यूकेबाट देखिएको 'सुपर ब्लड वुल्फ मुन'
चन्द्रग्रहण
तस्बिरको क्याप्शन, संयुक्त राज्य अमेरिकाको सान डियागोबाट देखिएको चन्द्रग्रहण
जर्मनीको एक चर्चमाथि देखिएको 'सुपर ब्लड वुल्फ मुन'
तस्बिरको क्याप्शन, जर्मनीको एक चर्चमाथि देखिएको 'सुपर ब्लड वुल्फ मुन'