मलेशियाका राजा: किन अचानक राजगद्दी त्याग्दै छन् मुहम्मद पाँचौँ

मलेसिया
तस्बिरको क्याप्शन, मलेसियाको इतिहासमा पहिलो पटक त्यहाँका राजा सुल्तान मुहम्मद पाँचौँले अप्रत्याशित रुपमा गद्दी त्याग गर्ने घोषणा गरेका छन्।
Published
पढ्ने समय: १ मिनेट

मलेशियाको इतिहासमा पहिलो पटक त्यहाँका राजा सुल्तान मुहम्मद पाँचौँले अप्रत्याशित रुपमा गद्दी त्याग गर्ने घोषणा गरेका छन्।

६० वर्ष पहिले ब्रिटेनबाट स्वतन्त्र भएको मलेशियाका कुनै पनि राजाले अहिलेसम्म त्यसरी राजगद्दी छोडेका थिएनन्।

मलेशियाको राजदरबारले राजा सुल्तान मुहम्मद पाँचौँको राजीनामाको कुनै कारण खुलाएको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जो ४ महिनादेखि विमानस्थलमा फसेका छन्

विवाह

मुहम्मद पाँचौँले एक जना रुसीसँग विवाह गरेको भनी उनको निजी जीवनबारे हल्लाहरू फैलिरहेकाबेला यो निर्णय भएको हो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

गत नोभेम्बरमा उनी औषधोपचारका लागि छुट्टीमा गएका थिए। त्यसपछिको महिना मस्कोमा पूर्व मिस मस्कोसँग उनको विवाहका तस्बिरहरू बाहिर आएका थिए।

उनीबारे फैलिएको हल्ला र उनको स्वास्थ्य स्थितिबारे अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।

मलेसिया
तस्बिरको क्याप्शन, मलेसियाको राजदरबारले राजा सुल्तान मुहम्मद पाँचौँको राजीनामाका लागि कुनै कारण खुलाएको छैन।

वक्तव्य

राजदरबारबाट निकालिएको एउटा वक्तव्यमा राजा सुल्तान मुहम्मद पाँचौँले मलेसियाका जनतालाई सधैँ एकतामा बाँधिरहन, आपसमा सद्भाव कायम गर्न र सँगै काम गर्न भनेका छन्।

वक्तव्यमा राजा मुहम्मद पाँचौँ जसले सन् २०१६ को डिसेम्बरमा राजगद्दी सम्हालेका थिए उनी केलान्तानस्थित आफ्नो घर फर्कन तयार भएको उल्लेख गरिएको छ।

नयाँ राजाको छनौट नहुञ्जेल उनी कार्यकारी भूमिकामा रहने बताइएको छ। उनी राजा बन्दा ४७ वर्षका थिए।

उनी चुनौतीपूर्ण खेलहरूमा रुचि राख्थे। उनले युवाहरूको हितमा काम गर्न अपेक्षा मलेशियाका जनताले गरेका थिए।