एक युवकको कथा जो मुत्युको मुखबाट जोगिए

Lyosha
Published

''हेर, मेरो छाला समुन्द्र किनारको बालुवाजस्तो छ,'' १६ वर्षीय लियोशाले हाँस्दै भने।

यस्तो ठट्टाको कसरी प्रतिक्रिया दिने मलाई यकिन भएन। के मैले पनि हाँस्नु पर्दथ्यो? कुनै हिसाबले पनि यो ठीक हुँदैन।

पूर्वी साइवेरियाको निकै टाढाको गाउँका लियोशाको जीवनमा गरिबी र रक्सीको लत दुर्भाग्यपूर्ण बन्यो।

सन् २००५ मा नयाँ वर्षको उत्सव मनाइरहँदा उनका बुबाले बेहोसीको स्थितिमा आफ्ना दुई बच्चालाई दाउरा बलिरहेको ठूलो चुलोमा फ्याँके।

ती मध्ये १४ महिने बच्चा जलेर मरे। र अर्का लियोशा थिए जो त्यतिबेला भर्खर दुईवर्षका थिए। उनकी आमाले जसोतसो उनको ज्यान जोगाइन्।

उनको टाउको, काँध, पाखुरा र फोक्सोमा गंभीर असर परेको थियो। तर उनी बाँचे।

Lyosha
Lyosha

हरेक हप्ता मेरी हजुरआमा बजार जानुहुन्थ्यो र 'आर्ग्यूमेन्ट एण्ड फ्याक्ट्स' नामको पत्रिकाहरू ल्याउने गर्नुहुन्थ्यो।

मलाइ राम्रै सम्झना छ, चुलोमा जलेको एउटा सानो केटाको कथा। आगोको लप्को निस्कने र आवाज निकाल्ने रुसी चुल्हो देखेर डराएको म सम्झन्छु। मलाइ याद छ, लियोशाको उपचारमा सहयोगार्थ एक अपिल गरिएको थियो।

Lyosha
Lyosha

लियोशालाई बुर्याशियाबाट बाहिर सारियो। उनकी आमाले उपचार र रेखदेख गर्न सकिनन्, मस्कोको एक परिवारलाई लियोशाले अभिवावकका रुपमा पाए।

उनको उपचार गर्न एक दशक लाग्यो। छालाको प्रत्यारोपण, शल्यक्रिया र पुनर्स्थापना गर्नुपर्‍यो।

१६ वर्षको उमेर पुग्दा उनले झण्डै आधा विश्व भ्रमण गरे। 'म स्विजरल्याण्डमा थिएँ, म अमेरिका, जर्मनी, फ्रान्स, लिथुवानियामा थिएँ…,'' उनले सुनाए।

''मेरो चोटका कारण म पुनर्स्थापना क्लिनिक र शिविरहरुमा पुगें।''

एउटा विकलाङ्गताले कुनै विषयलाई हेर्न एउटा नयाँ दृष्टिकोण दिन्छ र नयाँ अवसरपनि दिनसक्छ। तर तपाईँले आफ्नो जीवनलाई यसकै वरपर घुम्न भने दिनुहुँदैन किनकी त्यो मृत्युतुल्य हुनेछ।

Lyosha

लियोशा जस्तो एउटा बच्चाको जीवनमा के होला भनेर कल्पना गर्नपनि मुस्किल पर्छ, उनले जस्तै चोट लिएर स्कूल जानुपर्दा कस्तो हुन्छ होला। केटाकेटी र वयस्कसमेत कति क्रूर हुनसक्छन्।

लियोशा स्विकार्छन्, ''म सानो छँदा मैले मानिसहरुलाई घृणा गर्दथें।''

''मलाइ लाग्थ्यो कि उनीहरुले कुनै एक प्रकारको जनावरलाई जस्तो व्यवहार गर्ने गर्थे।''

''कुनै एउटा बिन्दुमा मलाइ मनोविज्ञान मन पर्नथाल्यो। यसले मलाइ विषयवस्तु बुझ्न निकै सघाउ पुर्‍यायो। र म भित्रको घृणा हट्न थाल्यो, मैले सामान्य रुपमा लिन थालेँ।''

Lyosha

वर्षहरु बित्दै जाँदा लियोशाको आवरणले मानिसहरुको ध्यानाकर्षण गरिराख्यो।

''मानिसहरु कि त आफूलाई जानकारी नभएको कुराले डराउछन् र तपाइलाई घृणा गर्छन् या उनीहरू उत्सुक हुन्छन् र तपाईँबारे बुझ्न चाहन्छन्।

लियोशा 'दोस्रो सम्भावना' र 'भाग्यवस बाँचेको' भन्ने छलफलमा तानिदैंनन्।

त्यसैले जब मैले उनलाई के उक्त दुखद घट्नाले उनको जीवन परिवर्तन गरेको हो भन्ने सोच्नुहुन्छ भनेर सोध्दा उनले सामान्य ढङ्गले इसारा गरे।

''यो मेरो रोजाइ थिएन्, म सानो थिए। के भयो के भयो। यदि परिणाम फरक भएको भए म मरेको हुन्थेँ अथवा म बुर्याशियामै बसेको हुने थिएँ।"

Lyosha

लियोशाले मलाइ आश्चर्यमा र अकमक्क पार्छन्। उनी आफैप्रति र आफू वरपरको संसारप्रति हाँस्छन्।

उनलाई कसैप्रति दोषारोपण गर्नु छैन, उनी डराएका छैनन्, उनी केवल आफ्नो जीवन यापन गरिरहेका छन्।

Lyosha
Lyosha

यहाँ तक कि आगोप्रति उनको धारणा आश्चर्यमा पार्ने खालको छ।

''म आगो मन पराउछु। म ठूलो आगो मन पराउछु। मलाइ थाहा छ पहिला आगोले डढेका मानिस आगोदेखि डराउँछन्। तर मैले डराउनुमा कुनै तुक देख्दिन। मलाइ यसको प्रकाश, तातो मन पर्छ। यो निकै सुन्दर छ। मैले यसलाई सधैँभरि हेर्न सक्छु र यो निकै मैत्रीपूर्ण हुन्छ।''

लियोशा फिनीक्स नामको मिथक पंक्षी खुब मन पराउँछन्। जसले आफू आगो उत्पन्न गरेर मर्छ र खरानीबाट पुनर्जीवन प्राप्त गर्छ। यसले अनन्तकालीन जीवन र मृत्यु विरुद्ध जीवनको जितको संकेत गर्छ।

Lyosha

''मैले आफैलाई त्यस्तो चरासँग तुलना गर्न सक्छु। म बच्चा छँदा आगोमा परेँ। त्यसैले धैरै हिसावले मेरो खरानीबाट नै पुनर्जन्म भएको थियो।''

आजकल लियोशा मस्कोमा बस्छन् र पढ्छन्। उनी केही समयअघि जेलबाट छुटेका आफ्ना जैविक बुबाको सम्पर्कमा छन्। उनी नै ती व्यक्ति हुन्, जसले लियोशालाई आगोमा फ्याँकेका थिए।

Lyosha

तर बुबालाई माफ गर्‍यौ कि गरेका छैनौं भन्दा उनले आश्चर्य माने।

"यो क्षमाको कुरा होइन। मैले त धेरै अघि नै क्षमा गरिसकेँ। उनले शायद म आक्रोशित हुन्छु भन्ने सोचेका थिए। तर म बुर्याशिया गएँ र उनले भेटेँ। हामीले कुराकानी गर्‍यौं। अहिले हामी एक अर्कालाई चिठी लेख्छौं र सम्पर्कमा रहन्छौं।"

(पावेल भोल्कोभ रुसी डकुमेन्टरी फोटोग्राफर हुन्। उनी मस्कोमा बस्छन्।)

भिडिओ क्याप्शन सुरु हुँदैछ, अपाङ्गता भएकी महिलाको भिक्षादेखि रिक्सासम्मको यात्रा