श्रृङ्खला खतिवडा: फुनुदेखि विश्व सुन्दरीको मञ्चसम्म

Published

हेटौंडाकी श्रृङ्खला खतिवडा राजनीतिका विषयमा कुरा सुन्दै हुर्किइन्, बुवाआमा आवद्ध पार्टीले सुन्दरी प्रतियोगिताको विरोध गर्दै आए पनि उनले भने आफ्नो सुन्दरी प्रतियोगितामा भाग लिने ईच्छा मारिनन्।

श्रृङ्खला खतिवडा
तस्बिरको क्याप्शन, मिस वर्ल्डका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने कुनै पनि मिस नेपालहरू यसअघि उनी जति प्रतिस्पर्धाको माथि पुग्न सकेका थिएनन्। यसअघि ‘ब्यूटी वीथ पर्पस’को अवार्ड इसानी श्रेष्ठले जिते पनि यसपटक श्रृङ्खलाले भने ‘ब्यूटी वीथ पर्पस’ र ‘मल्टिमिडिया’ गरी दुवैवटा अवार्ड जितिन्।
श्रृङ्खला खतिवडा
तस्बिरको क्याप्शन, उनलाई सानैदेखि चिन्ने आफन्तहरू उनको आफूले गरिरहेको कामप्रतिको लगाबको निकै तारिफ गर्छन्। पढाईमा राम्रो अङ्क ल्याउँदै आएकी श्रृङ्खलाले सुन्दरी प्रतियोगितामा भाग लिन्छिन् भन्ने परिवारलाई पटक्कै लागेको थिएन।
श्रृङ्खला खतिवडा
तस्बिरको क्याप्शन, राजनीतिक वातावरणमा हुर्केकी श्रृङ्खला पनि राजनीतिमै लाग्छिन् भन्ने उनका आफन्तको अनुमान थियो। तर आमाबुवा सबैलाई चकित पार्दै उनले एकदिन आफ्नो इच्छा सुनाइन्, मलाई मिस नेपालमा भाग लिन मन छ।
श्रृङ्खला खतिवडा
तस्बिरको क्याप्शन, श्रृङ्खलाका एकजना दाइ छन्। सानोमा उनको स्वर चाँडै फुटेकोले उनीहरूलाई स्कूल सँगै हालेको उनकी आमा मुनु सिग्देलले बताइन्। आक्रिटेक्ट इन्जिनियरिङ्ग पढेर आफ्नो 'ब्याच टप' गरेकी श्रृङ्खला सानैदेखि पढाईमा अब्बल मानिन्थिन्।
श्रृङ्खला खतिवडा
तस्बिरको क्याप्शन, चीनको सान्यामा शनिवार विश्व सुन्दरीको अन्तिम प्रतिस्पर्धा भइरहँदा उनलाई स्वदेशमा र विदेशमा रहेका थुप्रै नेपालीले समर्थन जनाइरहे। थुप्रैले भने उनले जिते पनि नजिते पनि नेपालीहरूको मन जितिसकिन् भनेर उनको तारिफ गरे।
श्रृङ्खला खतिवडा
तस्बिरको क्याप्शन, मतको आधारमा दिइने ‘मल्टिमिडिया’ अवार्ड पाएसँगै उनी विश्व सुन्दरी प्रतिस्पर्धाको अन्तिम ३० मा प्रवेश गरेकी हुन्। उक्त उपाधि नेपालीहरूको भोटकै कारण सम्भव भएको भन्दै उनले सामाजिक सञ्जालमा एउटा भिडिओ नै प्रेषित गरेर सबैलाई धन्यवादसमेत दिइन्।
श्रृङ्खला खतिवडा
तस्बिरको क्याप्शन, मिलनसार स्वभाव र छिट्टै नौला मानिससँग घुलमिल गर्नसक्ने श्रृङ्खलालाई घरमा सबैले माया गरेर फुनु भन्ने गरेको उनकी सानीमा उषा सिग्देलले बताइन्। उनै 'फुनु' विश्व सुन्दरीको प्रतियोगितामा प्रतिस्पर्धा गरिरहँदा धेरै पूर्व मिस नेपालहरूले पनि उनको तारिफ गरेका छन्।