इन्डोनेशिया भूकम्पः आकाशबाट देखिएको विध्वंस

Published

इन्डोनेशियामा शुक्रवार गएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय नाघेको छ। आकाशबाट खिचिएका विध्वंसका केही तस्बिरहरू।

भूकम्प
तस्बिरको क्याप्शन, इन्डोनेशियाको पालु सहरमा शक्तिशाली भूकम्प र सुनामी गएको पाँच दिनपछि विध्वंसका वास्तविक दृश्य सार्वजनिक हुन थालेको छ।
भूकम्प
तस्बिरको क्याप्शन, भूकम्प र सुनामीअघि यहाँ एउटा सहर थियो। मानिसहरूले एउटा पर्वका लागि तयारी गरिरहेका बेला भूकम्प आयो अनि त्यको आधा घण्टापछि सुनामी।
भूकम्प
तस्बिरको क्याप्शन, केही उपयोगी सामान भेटिन्छ कि भनेर यी मानिसहरू भग्नावशेषमा खोज्दैछन्।
भूकम्प
तस्बिरको क्याप्शन, प्लास्टिकका ओछ्याउने सामान र भान्साका सामान पनि गुमाउँदा कति कष्ट हुन्छ होला? अनि यस्तो धरापमा ती सामान खोज्ने काम झन् खतरनाक हुन सक्छ।
भूकम्प
तस्बिरको क्याप्शन, भूउपग्रहबाट देखिएको दृश्यले पालु सुनामीको खतरामा थियो भन्ने देखाउँछ। सानो खाडीबाट हुँदै आउँदा समुद्री छालहरूले गति र उचाइ लिएका थिए।
भूकम्प
तस्बिरको क्याप्शन, माटो र थिगरलाई बाँधेर राख्ने पदार्थ गुमाएपछि यो डाँडामा ‘द्रवीकरण’ भयो। अनि माटो र थिगर तरल पदार्थजसरी बग्न थाले।
भूकम्प
तस्बिरको क्याप्शन, १२ सयभन्दा बढी मानिसले ज्यान गुमाएको पुष्टि भइसकेको छ। धेरै मृतकलाई सामूहिक चिहानमा गाडिँदैछ।
भूकम्प
तस्बिरको क्याप्शन, अझै धेरै मानिस भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ। पालुमा रहेका बीबीसीका टोलीहरूका अनुसार शवको दुर्गन्ध हावामा फैलिन थालेको छ।
भूकम्प
तस्बिरको क्याप्शन, विमानस्थल सञ्चालनमा छ र घाइतेसहित केही भाग्यमानीहरू सैनिक विमानबाट सुरक्षित स्थानमा सर्न पाइरहेका छन्।