मक्का र मदिनामा हजको रौनक

Published

साउदी अरेबियाका अनुसार यो वर्षको मुस्लिमहरूको वार्षिक तीर्थयात्रा हजमा २३ लाख ७१ हजार ६७५ जना सहभागी भए, जसमध्ये १७ लाख ५८ हजार ७२२ जना विदेशी थिए। तस्वीरहरूः गनी अन्सारी।

हज
तस्बिरको क्याप्शन, पश्चिमी साउदी अरेबियामा पर्ने मुस्लिमहरूको पवित्र शहर मक्कामा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मुहम्मद (सल्ल.) को जन्म भएको थियो।
हज
तस्बिरको क्याप्शन, हज गर्न पुगेका विभिन्न देशका मुस्लिमहरू मक्कास्थित अल-मस्जिद अल-हरम अर्थात् पवित्र मस्जिदमा प्रार्थनामा सहभागी हुनु अघि वा पछि परिसरमा बसेर सरसल्लाह गरेको देख्न सकिन्छ।
हज
तस्बिरको क्याप्शन, राति हुने प्रार्थना (इशाको नमाज) मा पनि अल-मस्जिद अल-हरममा हाजी अर्थात् तीर्थयात्रीहरूको उत्तिकै भिड हुने गर्दछ।
हज
तस्बिरको क्याप्शन, मस्जिद अल-हरमलाई साउदी सरकारले विस्तार गर्दै लगेको छ र विस्तार कार्यसम्बन्धी विवरणहरू त्यहाँको सङ्ग्रहालयमा हेर्न सकिन्छ।
हज
तस्बिरको क्याप्शन, विगतमा मक्कास्थित काबा (जसलाई अल्लाहको घर पनि भनिन्छ) लाई ढाक्ने किस्वा भनिने विशेष कपडा टर्की र इजिप्टबाट ल्याउने गरेको साउदी सरकारले पछि स्वदेशमै बनाउन थालेको अधिकारीहरू बताउँछन्।
हज
तस्बिरको क्याप्शन, इस्लाम धर्म अनुसार मक्कास्थित अल-मस्जिद अल-हरममा एक पटक नमाज पढ्दा (प्रार्थना गर्दा) एक लाख पटक प्रार्थना गरे बराबरको पुण्य प्राप्त हुन्छ।
हज
तस्बिरको क्याप्शन, इस्लाममा जमजम भनिने पवित्र जल पिउने व्यवस्था मस्जिदमै गरिएको हुन्छ र उक्त पानी पिउन तीर्थयात्रीहरूको भिड लाग्ने गर्छ।
हज
तस्बिरको क्याप्शन, साउदी अरेबियाको मिना भनिने ठाउँमा प्रतीकात्मक शैतान (असुर) लाई ढुङ्गा प्रहार गर्न जानका लागि तीर्थयात्रीहरू नजिकै पालभित्र बस्ने गर्दछन्।
हज
तस्बिरको क्याप्शन, हजको क्रममा तीर्थयात्रीहरू इस्लाम धर्मावलम्बीहरूको अर्को पवित्र शहर मदिनामा रहेको अल-मस्जिद अन-नब्वी अर्थात् पैगम्बरको मस्जिद पनि जाने गर्दछन्।
हज
तस्बिरको क्याप्शन, विगतमा जमजम जल इनारबाट तानेर तीर्थयात्रीहरूलाई पिउने व्यवस्था गरिन्थ्यो, उक्त पुरानो संरचना हेर्न मानिसहरू सङ्ग्रहालय पुग्छन्।
हज
तस्बिरको क्याप्शन, शैतानको प्रतीक मानेर मिनास्थित यो पर्खालमा तीर्थयात्रीहरूले ढुङ्गा प्रहार गर्दछन्, यस्ता तीनवटा पर्खाल रहेका छन्।
हज
तस्बिरको क्याप्शन, अल-मस्जिद अल-हरम र अल-मस्जिद अन-नब्वी दुवै मस्जिदहरूमा पाठ गर्नका लागि व्यवस्थित रूपमा मुस्लिमहरूको पवित्र धर्मग्रन्थ कुरान राखिएको हुन्छ।