बाघ र सिंहका डमरु कुकुरका छाउरासँग यसरी खेल्छन्

कुकुरको छाउरो र बाघको डमरु
Published

चीनको राजधानी बेइजिङस्थित एउटा वन्यजन्तु उद्यानमा साना जनावरहरू खेलिरहेको देखिने तस्बिरहरूले सामाजिक सञ्जालमा धेरैको ध्यान आकर्षित गरेका छन्।

गत हप्ता बिहीवार खिचिएका ती तस्बिरमा गोल्डन रिट्रिभर जातका कुकुरका छाउराहरू सेतो बाघ र सिंहका डमरुसँग खेलिरहेको देखिन्छ।

सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार साइबेरियन बाघ, सेतो बाघ, हुँडार र अफ्रिकी सिंहका आठवटा बच्चालाई तिनका माउले परित्याग गरिदिएका थिए।

त्यसपछि तिनलाई एउटी पोथी कुकुरले आफ्ना छाउरासँगै स्तनपान गराएकी थिई। ती छाउरा र डमरुहरू सँगसँगै हुर्किएका छन् र उनीहरूमा मित्रता पनि छ।

बेइजिङ वाइल्डलाइफ पार्कले आफूले भालू, कङ्गारू र बाँदरलगायत विभिन्न वन्यजन्तुका परित्यक्त बच्चाहरू सफलतापूर्वक हुर्काएको जनाएको छ।

छाउरा र डमरुका तस्बिरहरू सामाजिक सञ्जाल ट्विटरमा हजारौँ जनाले शेअर गरेका छन्।

कुकुरको छाउरो र बाघको डमरु
छाउरा र डमरुको मित्रता
सिंह र बाघका डमरु
छाउरा र डमरुको मित्रता
छाउरा र डमरुको मित्रता