थाईल्याण्ड: यसरी गरिँदैछ फसेका बालकहरूको उद्धार

Published

थाईल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन्।

गुफामा फसेका बालकहरू
तस्बिरको क्याप्शन, थाईल्याण्डको एउटा गुफाभित्र गत जुन २३ यता ११ देखि १६ वर्षका बालकहरू आफ्ना प्रशिक्षकसहित फसिरहेका छन्।
वर्षाका कारण समस्या
तस्बिरको क्याप्शन, उद्धार अभियानका प्रमुखले उद्धारकर्ताहरूको टोली स्थानीय समय अनुसार बिहान १० बजे गुफाभित्र प्रवेश गरेको बताए।
प्रार्थना गर्दै बालबालिका
तस्बिरको क्याप्शन, उद्धारकार्य सुरु भएसँगै थाईल्याण्डका बालबालिकाहरूले फसेका बालकहरू र उनीहरूका प्रशिक्षकको सुरक्षित फिर्तीको लागि प्रार्थना गरिरहेका छन्।
उद्धारमा खटिएको टोली
तस्बिरको क्याप्शन, गुफाको प्रवेशद्वार वरपर खाली गराइएको छ र अहिले त्यहाँ गोताखोरहरूको टोली, चिकित्सक तथा सुरक्षाकर्मी मात्रै छन्।
उद्धारमा खटिएको टोली
तस्बिरको क्याप्शन, पानीको सतह घटेको आंकलन गरेर उद्धार कार्य अहिले सुरू गर्ने निर्णयमा अधिकारीहरू पुगेका हुन्।
उद्धारमा खटिएका सेना
तस्बिरको क्याप्शन, अभियान प्रमुखले १८ जना गोताखोरहरू जोखिमपूर्ण ठानिएको उद्धार कार्यमा सहभागी भएको र मौसमको अवस्था हेरेर उद्धार गर्न चार दिनसम्म लाग्न सक्ने बताए।
उद्धारका लागि तयार हेलिकोप्टर
तस्बिरको क्याप्शन, यसैबीच, बालबालिकाहरूलाई उद्धार गरेर नजिकैको अस्पतालमा लैजानका लागि हेलिकप्टरहरू तयार राखिएका छन्।
फसेका बालकहरू
तस्बिरको क्याप्शन, उद्धारकर्ताहरूले बालकहरूमध्ये पहिलो टोलीलाई सघाउन थालेको बुझिएको छ।