थाई गुफाभित्र नौ दिनसम्म गरिएको खोजी

Published

उत्तरी थाईल्यान्डमा एउटा गुफाभित्र छिरेपछि नौ दिनसम्म सम्पर्कविहीन भएका १२ विद्यार्थी र तिनका फुटबल प्रशिक्षकलाई जुन २ मा जीवितै फेला पारियो। अहिले उद्धारको प्रयास हुँदैछ।

थाई गुफा उद्धार
तस्बिरको क्याप्शन, गुफाभित्र पसेको समूहका सदस्यहरूले प्रयोग गरेका मोटरसाइकलहरू गुफाको प्रवेशद्वार अगाडि भेटियो। त्यसपछि ठूलो वर्षा भयो र पानीको भेल गुफाभित्र पस्यो।
थाई गुफा उद्धार
तस्बिरको क्याप्शन, बाढी गुफामा पसेको भए पनि उनीहरू सुरक्षित स्थानमा जोगिएर बसेको हुनसक्ने विश्वास उद्धारकर्मीहरूको थियो।
थाई गुफा उद्धार
तस्बिरको क्याप्शन, विद्यार्थीहरू ११ देखि १६ वर्ष उमेर समूहका थिए।
थाई गुफा उद्धार
तस्बिरको क्याप्शन, चार ब्रिटिश गोताखोर, अमेरिकी सेनाका केही सदस्यसहित थाई जलसेनाका गोताखोरहरू खोजी अभियानमा सहभागी भएका थिए।
थाई
तस्बिरको क्याप्शन, सो गुफा थाईल्यान्डको चौथो ठूलो गुफा मानिन्छ।
रोबर्ट चार्ल्स हार्पर
तस्बिरको क्याप्शन, जलमग्न गुफाहरूमा पौडी खेल्न जान्ने ब्रिटिश केभ-डाइभर रोबर्ट चार्ल्स हार्पर पनि सो टोलीमा सहभागी भएका थिए।
थाई गुफा उद्धार
तस्बिरको क्याप्शन, गुफामा पानीको सतह घटाउन ठूला उद्योगहरूमा प्रयोग हुने पम्पहरू ल्याइएको थियो।
थाई गुफा उद्धार
तस्बिरको क्याप्शन, तर अविरल वर्षाका कारण उद्धारकर्मीहरूले गुफाभित्रबाट पानी निकाल्न ठूलो सङ्घर्ष गर्नुपर्‍यो।
थाई गुफा
तस्बिरको क्याप्शन, गुफाको मुख्य प्रवेशद्वार पनि जलमग्न भयो। त्यसपछि गुफाभित्र छिर्ने वैकल्पिक मार्गको खोजी भयो। गुफाबाट पानी निकाल्न चट्टानमा प्वाल पनि पारिएको थियो।
थर्मल क्यामराजडित ड्रोन
तस्बिरको क्याप्शन, प्रवेशद्वार खोजी गर्न थर्मल क्यामराजडित ड्रोनहरू र पानीको गहिराइ एवम् गुफाको स्थिति आकलन गर्न रोबोट प्रयोग गरिएको थियो। सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी गर्न तिनका सामग्री सुँघाएर तालिमप्राप्त कुकुरहरू पनि परिचालित भएका थिए।
थाई उद्धार
तस्बिरको क्याप्शन, हराएका व्यक्तिहरूलाई फेला पार्नुभन्दा केही समयअघि सोमवार उद्धारकर्मीहरूले आफूहरू उनीहरूभन्दा एक किलोमिटर जति टाढा रहेको बताएका थिए। तर बीचमा एउटा साँघुरो बाटो भएकाले उनीहरू रोकिएका थिए।
थाई उद्धार
तस्बिरको क्याप्शन, हराएका विद्यार्थीबारे सञ्चारमाध्यम र जनमानसले व्यापक चासो व्यक्त गरेका थिए।
थाई उद्धार
तस्बिरको क्याप्शन, खोजी र उद्धार अभियानमा सयौँ स्वयम्सेवक खटिएका थिए।
थाई
तस्बिरको क्याप्शन, देश र विदेशबाट पनि उनीहरू सकुशल भेटियून् भनेर शुभकामनाको ओइरो लाग्यो।
हराएका व्यक्ति सकुशल भेटियून् भनेर प्रार्थना र पूजाआजा गरियो।
तस्बिरको क्याप्शन, हराएका व्यक्ति सकुशल भेटियून् भनेर प्रार्थना र पूजाआजा गरियो।
थाई
तस्बिरको क्याप्शन, स्थानीय आदिवासी समुदायले सो गुफामा आत्माहरू बस्छन् भन्ने मान्यता राख्छ।
थाई
तस्बिरको क्याप्शन, उनीहूरूले आत्मालाई सन्तुष्ट पार्न भनेर बलि पनि दिए।
थाई
तस्बिरको क्याप्शन, स्वच्छ पानी पिउन पाए र खानेकुराविनै बस्ने सके उनीहरूलाई जीवितै भेटिन सक्ने धारणा चिकित्सकहरूको थियो।
जीवित किशोरहरू
तस्बिरको क्याप्शन, अन्तत: जुन २ मा उनीहरूलाई जलमग्न गुफाभित्र एउटा ढिस्कोमा जीवितै भेटियो। तर पानीको सतह नघटेकाले उनीहरूलाई त्यहाँबाट कसरी सकुशल निकाल्ने भनेर उद्धारकर्मीहरू उपाय खोज्दैछन्।