रोनाल्डोको 'अलौकिक' खेल

Published

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको 'ह्याट्रिक' विश्वकपको अहिलेसम्मकै उत्कृष्टमध्येको प्रदर्शन भनी प्रशंसा गरिएको छ। उक्त खेल कस्तो थियो, हेरौं तस्बिरमा।

रोनाल्डो
तस्बिरको क्याप्शन, उनलाई विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रमा लडाए र उनको टोलीले पेनाल्टी पायो।
रोनाल्डो
तस्बिरको क्याप्शन, पेनाल्टीमा उनले गोलपोस्टको दाहिनेतिर हाने र पोर्चुगललाई अग्रता दिलाए।
रोनाल्डो
तस्बिरको क्याप्शन, आफ्नो अदभूत क्षमता देखाउने क्रममा ३३ वर्षीय रोनाल्डोले कतिखेर खेलमा जोडतोडले लाग्ने र कतिखेर शक्ति सञ्चित गर्ने भन्ने तय गरे।
रोनाल्डो
तस्बिरको क्याप्शन, पहिलो हाफको उतरार्द्धतिर उनले अर्को गोल थपेर स्पेनी गोलकिपर डाभिड डे खयालाई फेरि पराजित गरे।
रोनाल्डो
तस्बिरको क्याप्शन, त्यसपछि यो उत्सवको माहोल बन्यो।
रोनाल्डो
तस्बिरको क्याप्शन, साथीहरूले खुसीले उनलाई घेरे।
रोनाल्डो
तस्बिरको क्याप्शन, रियल मड्रिडका लागि खेलेका दुई खेलाडी रोनाल्डो र स्पेनी सेर्जेइ रामोसबीच फरक टोलीमा रहँदा कुनै कटुता देखिए। रामोसले रोनाल्डोलाई उठाउन मद्दत गरेको दृश्य देखियो।
रोनाल्डो
तस्बिरको क्याप्शन, ८८ औं मिनेटमा पोर्चुगलले फ्रि किक पायो। रोनाल्डोले पनि त्यसलाई आकर्षक तरिकाले गोलमा परिणत गरे।
रोनाल्डो
तस्बिरको क्याप्शन, अनि त्यसपछि उनको यस्तो मुद्रा देखियो।
रोनाल्डो
तस्बिरको क्याप्शन, र खुसी मनाउने उनको यो मौलिक शैली देखियो।
रोनाल्डो
तस्बिरको क्याप्शन, जब खेल समाप्त भयो तब उनले स्पेनी गोलकिपरलाई अँगालेको दृश्य रमाइलो देखिन्थ्यो। तिनै गोलकिपरलाई उनले तीन गोल हानेका थिए।