विश्वकप २०१८: उद्घाटन खेलमा रुस विजयी

विश्वकप फुटबल
तस्बिरको क्याप्शन, उद्घाटन समारोह र खेल हेर्न मस्कोस्थित लुज्निकी रङ्गशालामा हजारौँ फुटबलप्रेमी उपस्थित भएका थिए
Published

रुसमा एउटा भव्य समारोहबीच आरम्भ भएको विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो।

रुसले सउदी अरबको शून्य विरुद्ध पाँच गोलले जित हासिल गर्‍यो।

उद्घाटन समारोह र खेल हेर्न मस्कोस्थित लुज्निकी रंगशालामा हजारौं मानिस उपस्थित भएका थिए।

आयोजना

रुसले अर्बौँ डलरको लागतमा विश्वकपको आयोजना गरिरहेको छ।

तीव्र रूपमा एक्लिरहेको उक्त मुलुकका लागि यो खेललाई अन्तर्राष्ट्रिय ध्यान तान्ने अवसरका रूपमा पनि हेरिएको छ।

कतिपय आलोचकले विश्वकप फुटबल राष्ट्रपति भ्लादिमिर पुटिनका लागि आफ्नै प्रशंसामा रम्ने योजना भएको टिप्पणी गरेका छन्।

रुस‍-सउदी अरब फुटबल

उक्त समारोहलाई लिएर पुटिन पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा देखा परेका छन्।

विश्वकपमा सुरक्षा र केही रुसी समर्थकहरूको नस्लवादी व्यवहारबारे पनि चासो देखिएको छ।

अपेक्षा

तर आउँदो साता विश्वभरिबाट पाँच लाख समर्थकहरू रुस पुग्ने अपेक्षा गरिएको छ।

ठूला ठूला टेलिभिजन स्क्रीन राखिएका स्थलहरूमा पनि फुटबलप्रेमीहरूको ठूलो भिड देखिन्छ।

यस पटक साबिक विजेता जर्मनीले उपाधि कायम राख्ने आशा गरेको छ भने ब्राजिल छैठौँ पटक उपाधि कब्जा गर्ने दाउमा छ।

तर अन्य कतिपय मुलुक यस पटक बलियो स्थितिमा रहेकाले उनीहरूले कडा चुनौतीको सामना गर्नुपर्ने विश्लेषण गरिएको छ।