शाही विवाह २०१८: मार्कलसँग विवाह बन्धनमा बाँधिए राजकुमार ह्यारी

शाही विवाह
Published
पढ्ने समय: १ मिनेट

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको छ।

विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो।

मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्।

सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्‍याएर भित्र लगेका थिए।

महारानी एलिजावेथ र उनका पति ड्युक अफ अडिन्बर
तस्बिरको क्याप्शन, महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए
शाही विवाह

ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए।

उत्सुकता

वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए।

मेगनकी आमा
तस्बिरको क्याप्शन, मेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भइन्

ती पाहुनामा एल्टन जन, ओप्रा विन्फ्रे, जर्ज क्लुनी र सेरेना विलियम्स लगायत थिए।

वैवाहिक कार्यक्रम हेर्न सडकको दुईतिर हजारौँ मानिस लामबद्ध भएर उभिएका थिए।

US TV star Oprah Winfrey, wearing pink, and British actor Idris Elba arrive at the chapel
तस्बिरको क्याप्शन, नाम चलेका कलाकार र टीभी कार्यक्रम प्रस्तोताहरू पनि निम्ता मान्न विन्ड्सर पुगेका थिए

कतिपयले राम्रो दृश्य देख्न सकियोस् भनेर केही दिनअगाडि देखि नै त्यस्ता सम्भावित स्थलमा पाल टाँगेर बसेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विवाहका केही झलकहरू

यसअघि विवाहपछि ह्यारी र मार्कलको जोडी ससेक्सका 'ड्युक र डचेस'का रुपमा चिनिने घोषणा गरिएको थियो।

समारोहमा सहभागी हुन नेताहरू निमन्त्रणा दिइएको थिएन।

प्रधानमन्त्री टरिजा मेले राजकुमार ह्यारी र मर्कललाई सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामना दिएकी छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यो पनि पढ्नुहोस्

‍

भिडिओ क्याप्शन सुरु हुँदैछ, को हुन् मेगन मार्कल?