मोदीको नेपाल भ्रमण: केही मीठो, केही तीतो

Published

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणमा उनको कतै स्वागत भयो त कतै नाकाबन्दीलाई लिएर उनी लक्षित विरोध भए।

नरेन्द्र मोदी
तस्बिरको क्याप्शन, शुक्रवार जनकपुर गएका मोदी शनिवार बिहानै मुक्तिनाथ मन्दिर गएका थिए, जहाँ उनलाई स्थानीय बासिन्दाले स्वागत गरेका थिए।
नरेन्द्र मोदी
तस्बिरको क्याप्शन, जनकपुर हुँदै नेपालको भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रवार जनकपुरमा भव्य स्वागत गरिएको थियो।
नरेन्द्र मोदी
तस्बिरको क्याप्शन, मुक्तिनाथ तपस्या गरेका स्वामीनारायणप्रति आस्था भएका कारण मोदीको मुक्तिनाथमा पुगेर दर्शन गर्ने पहिलेदेखिकै इच्छा रहेको पनि बताइन्छ।
नरेन्द्र मोदी
तस्बिरको क्याप्शन, भारतका प्रधानमन्त्री मोदीले शनिवार विहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा अर्चना गरेका थिए।
नरेन्द्र मोदी
तस्बिरको क्याप्शन, मुस्ताङको मुक्तिनाथ मन्दिरको पूजा गरेर फर्केलगत्तै पशुपतिनाथको मन्दिर पुगेका मोदीलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले मन्दिर परिसरमा स्वागत गरेका थिए।
नरेन्द्र मोदी
तस्बिरको क्याप्शन, विभिन्न स्थलमा मोदीको स्वागत भइरहेका बेला देशभरका केही स्थानमा भने भारतले नेपालमा भूकम्प गएलगत्तै लगाएको नाकाबन्दीको विरोधमा प्रदर्शनहरू भएका थिए।
विरोध
तस्बिरको क्याप्शन, सुरक्षाकर्मीले सम्भावित विरोध जुलुस हुन नदिन ठाउँठाउँमा सुरक्षा तैनाथी बढाएको थियो। विरोध प्रदर्शनमा सहभागी केही नेता तथा व्यक्तिहरू पनि पक्राउ परेका थिए। सामाजिक सञ्जाल ट्वीटरमा पनि कतिपयले विरोध जनाएका थिए।