श्रीलंका: फेसबुकको प्रतिबन्ध फुकुवा

फेसबुक बन्द
Published

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले मार्च महिनाको सुरुतिर हिंसा भड्किएपछि सामाजिक सञ्जाल फेसबुकमाथि लगाइएको प्रतिबन्ध हटाएका छन्।

राष्ट्रपति सिरिसेनाका अनुसार फेसबुकका अधिकारीहरूले फेसबुकमा घृणा फैलाउने र हिंसाका लागि उत्तेजना जगाउने खालका सामग्रीहरू आउन नदिने सहमति जनाएका छन्।

क्यान्डी
तस्बिरको क्याप्शन, हिंसा फैलिएपछि क्यान्डी सहरमा संकटकाल घोषणा गरिएको थियो

बौद्धमार्गी सिंहला समुदायको बाहुल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूमाथि आक्रमण भएपछि फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो।

ती हिंसात्मक घटनाहरूमा मस्जिद र मुसलमानहरूको स्वामित्व रहेका पसलहरूमा नराम्रो क्षति पुगेको थियो।

ह्वाट्स्याप लगायत अन्य सामाजिक सञ्जालहरूमाथि लागेको प्रतिबन्ध भने बुधवार नै हटाइएको थियो।