'उत्तर कोरियाले अत्यासपूर्ण स्थिति भोग्नुपर्ने'

चेतावनी
तस्बिरको क्याप्शन, राष्ट्रपति ट्रम्पले अमेरिकामाथि प्रहार गरे त्यसको जवाफ नराम्रो हुने चेतावनी उत्तर कोरियालाई दिएका छन्
Published

राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिकामाथि केही गरे उसले असाध्यै नराम्रो स्थिति भोग्नुपर्ने चेतावनी दिएका छन्।

उत्तर कोरिया नसच्चिए उ अत्यासपूर्ण अवस्थामा पुग्ने उनले बताए।

प्योङयाङले गुआममा क्षेप्यास्त्र प्रहार गर्ने योजनाको विवरण सार्वजनिक गरेपछि ट्रम्पको भनाइ आएको हो।

राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित उनको निजी गल्फ क्लब बेडमिनस्टरमा सञ्चारकर्मीहरुसँग उनको यस अघिको उत्तर कोरियामाथि आक्रोशपूर्ण आक्रमण गर्ने भनाइ कडा नभएको बताए।

कुटनीति

उत्तर कोरियाले उनको भनाइलाई वाहियात भनेको थियो।

प्योङयाङ
तस्बिरको क्याप्शन, क्षेप्यास्त्र परिक्षण पछि प्योङयाङले सार्वजनिक गरेको तस्वीर

ट्रम्पले भने- "यदि हाम्रा मान्छे या हाम्रा समर्थक या हामी कसैलाई पनि उत्तर कोरियाले आक्रमण गर्ने सोच्छ भने मात्रै पनि त्यसको नराम्रो परिणाम उसले भोग्नुपर्नेछ। उत्तर कोरिया अत्यासपूर्ण स्थितिमा पुग्नेछ। उनीहरुमाथि उनीहरुले नसोचेको कुरा हुनेछ।"

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले उत्तर कोरियासँगको द्वन्द्व भयावह हुने भन्दै कुटनीतिले काम गरिरहेको बताएका छन्।

उनले भने, "अमेरिकी प्रयत्न कुटनीतिक नेतृत्वमा भइरहेको छ र र त्यसले त्यस्तै परिणाम दिइरहेको छ।"

उत्तर कोरियाले जुलाइ महिनामा दुईवटा अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि तनाव बढेको छ।

तर प्रशान्त क्षेत्रीय टापुमा तत्काल आक्रमण होला भन्ने कुनै संकेत नरहेको बताइन्छ।