ऐतिहासिक भित्तेचित्र जोखिममा

Published

भूकम्पले क्षतिग्रस्त भएको दुइ वर्ष बितिसक्दा काठमाण्डुका विभिन्न स्थानका ऐतिहासिक भित्तेचित्रहरु अझै पनि जोखिमपूर्ण स्थितिमा रहेका विज्ञहरु बताउँछन्।

समुन्द्र मन्थन
तस्बिरको क्याप्शन, काठमाण्डुका पुराना राजदरबारका विभिन्न कक्षका भित्तामा धार्मिक विषयबस्तुका रोचक चित्रहरु छन्। (सबै तस्वीरः हनुमानढोका संग्रहालय)
शिकार
तस्बिरको क्याप्शन, हनुमानढोका संग्रहालयको नौतले दरबारसंग जोडिएको भवनको तेस्रो तल्लामा एउटा कक्षको चारै भित्तामा रहेका धार्मिक र ऐतिहासिक विषयवस्तुका चित्रहरु भूकम्पको चपेटामा परेका छन्।
क्षति
तस्बिरको क्याप्शन, २०७२ सालको भूकम्पमा भवन नै भत्कीएपछि दुर्लभ र प्रााचिन तर आधिकारिक रुपमा अभिलेख समेत नगरिएका भित्ते चित्रहरुका बारेमा चिन्ता व्यक्त भएको थियो।
लक्ष्मी नारायण
तस्बिरको क्याप्शन, संग्रहालयको अंग भएपनि सार्वजनिक प्रदर्शनीमा नराखिएको चित्रयुक्त कक्षबाट भित्तेचित्र निकालेर सुरक्षित राख्न निकै मुश्किल भएको अधिकारीहरु बताउँछन्।
नरसिंह र हिरण्यकष्यपु
तस्बिरको क्याप्शन, भूकम्पबाट क्षतिग्रस्त हनुमानढोका दरबारको भित्तेचित्रयुक्त कक्ष भत्काउने निर्णय गरिएपछि समय अभावमा विज्ञको सल्लाह विना नै यी चित्रहरु भित्ताबाट निकालिएका थिए।
विष्णुका अवतार
तस्बिरको क्याप्शन, भित्तामा माटोको लेप लगाएर प्राकृतिक रंगले बनाइएका त्यस्ता भित्तेचित्रको संरक्षण गर्न विभिन्न प्राविधिक मापदण्डहरु पुरा गर्नु पर्ने बताइन्छ।
रामायणमा आधारित धार्मिक चित्र
तस्बिरको क्याप्शन, भविष्यमा ती चित्रलाई कसरी मर्मत गर्ने र कहाँ राख्ने भनेर निर्णय भइनसकेको संग्रहालयका अधिकारीले बताएका छन्।
गणेश कुमार
तस्बिरको क्याप्शन, संरक्षण र सम्बर्द्धनका मापदण्ड पुरा नगरी कपडाले मात्रै बेह्रेर राखिएका हनुमानढोकाका भित्तेचित्रको स्थिति अत्यन्त जोखिमपूर्ण रहेको विज्ञहरु बताउँछन्।
च्यातिएको चित्र
तस्बिरको क्याप्शन, काठमाण्डुको कुमारीघर लगायत विभिन्न ठाउँमा सार्वजनिक रुपमा नदेखिने र अभिलेख नगरिएका चित्रहरु भएको हुनाले काठमाण्डुका भित्तेचित्रको खास संख्या अनुमान गर्न नसकिने विज्ञहरु बताउँछन्।
रामायण
तस्बिरको क्याप्शन, स्वयम्भूको शान्तिपूर लगायतका केही स्थानबाट भने भित्तेचित्र उद्धार गरेर छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएका पनि छन्।
टुटेको चित्र
तस्बिरको क्याप्शन, तर संग्रहालयमा राखिएका चित्रलाई भविष्यमा पनि संग्रहालयमै राख्ने वा यथास्थानमा फर्काउने बारेमा स्थानीय अधिकारीहरुसंग विवाद भइरहेको बताइन्छ।
भैरव
तस्बिरको क्याप्शन, चित्रलाई दीर्घकालीन रुपमा कहाँ राख्ने भन्ने निर्णय नगरिँदा ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका त्यस्ता चित्रको संरक्षणका बारेमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।