इम्जाको सतह घटाउने काम लगभग पूरा

Published

१६ हजार ४ सय फिटको उचाइमा रहेको सोलुखुम्बुस्थित इम्जा हिमतालमा नेपाली सेनासहितका प्राविधिकहरुले ‍पानीको सतह कसरी घटाइरहेका छन्?

इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, सोलखुम्बु जिल्लाको सगरमाथा क्षेत्रमा रहेको इम्जा हिमताललाई नेपालको दोस्रो जोखिमपूर्ण हिमतालका रुपमा लिइन्छ। झण्डै साढे १६ हजार फिट उचाइमा अवस्थित यो ताल सवा एक किलोमिटर क्षेत्रफलमा फैलिएको छ र डेढ सय मिटर गहिरो छ। सबै तस्वीर: नेपाली सेना
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, इम्जा हिमतालको पानीको सतह घटाउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो। यसअघि च्छो रोल्पा हिमतालको पानी घटाउने यस्तै कामको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको थियो।
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, हिमतालको पानीको सतह घटाउन प्रयोग हुने उपकरण तथा निर्माण सामाग्री उच्च हिमाली भेगसम्म पुर्याउन निकै कठिनाई बेहोर्नुपरेको नेपाली सेनाले बताएको छ। इम्जा हिमतालमा पानीको सतह घटाउने काम गएको बैशाखबाट शुरु भएको हो।
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, सैनिक टोलीलाई सहयोग गर्न स्थानीय शेर्पाहरु पनि खटिएका छन्। उक्त काममा ३१ सैनिक र ६५ जना गैरसैनिक संलग्न रहेको सेनाले जनाएको छ।
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, नेपाली सेनाको इन्जिनियरिङ एकाईले इम्जा हिमतालको पानीको सतह घटाउने परियोजना कार्यान्वयन गरी काम सम्पन्न गर्न लागेको छ। यसबाट विपद् क्षति न्यूनीकरणबारे महत्वपूर्ण ज्ञान हासिल भइरहेको अधिकारीहरुले बताएका छन्।
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, एउटा कुलो बनाएर इम्जा हिमतालको पानी बाहिर पठाउने उक्त परियोजनामा नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले मद्दत गरिरहेका छन्।
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, कुलोबाट पानी बाहिर पठाइएपछि इम्जा हिमताल फुट्ने खतरा न्यूनीकरण हुने अधिकारीहरुको विश्वास छ। यो नेपालमा हालसम्मकै सबैभन्दा उचाइमा गरिएको यस्तो प्रकृतिको जोखिम न्यूनीकरण गर्ने प्रयास हो।
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, ५० मिटर लामो कुलो खनेर इम्जा हिमतालको पानी इम्जा खोला हुँदै दुधकोशी नदीमा मिसाउने प्रयास गरिएको छ। यो कामका लागि कूल ३० लाख अमेरिकी डलर खर्च हुने बताइएको छ।
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, इम्जा हिमतालमा ७ करोड ५२ लाख घन लिटर पानी रहेको बताइन्छ। यो परियोजना अन्तर्गत पानीको सतह ३ मिटर घटाउने लक्ष्य लिइएको थियो।
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, उच्च हिमाली क्षेत्रमा काम गरेको अनुभव भएका सैनिकहरु इम्जा हिमतालको पानी घटाउने काममा परिचालित भएको नेपाली सेनाले बताएको छ।
इम्जा ताल, नेपाल, सगरमाथा
तस्बिरको क्याप्शन, इम्जा हिमतालमा जोखिमपूर्ण ढंगले जम्मा भएका पानी निकास मार्फत बाहिर निकाल्ने उक्त परियोजनाको काम लगभग सकिएको नेपाली सेनाका प्रवक्ताले बताएका छन्।